Monday, July 31, 2017

बुद्ध जयन्ति विशेष

बिहान बाटै चहल पहल अलि बढि नै रहेछ। यसै पनि बिदाको दिन अलिक बेर सम्मै सुतिने बानि अझै सुद्रेको थियन। स्मार्ट भनेर किनेको फोनलाई पनि आज अल्छि लागेको रहिछ क्यार खोई अलार्म बजाएन। मैले गाली पनि गरिन बरू उल्टै धन्यवाद दिदै समय हेरे, ८:३० भैसकेको रहेछ। एकमनले सोचे "साच्चै मोबाईल स्मार्ट नै रहेछ", बिदाभने पछि उसले डिस्टर्ब पनि गरेन। झ्यालको पर्दा उघारेर हेरे, मधुर स्पर्श दिदैं घामले पनि "अब त उठ्" को संकेत दियो। मैले आज्ञाकारि भएझै उसको ईसारा माने अनि उठेर फ्रेश हुनतिर लागे। नुहाई, धुवाई गरेर लागे म पनि त्यो पावन भुमी जाहां भगवान बुद्धले जन्म लिएका थिय। बाटो भरि मान्छे थिय। सधै जसो सुनसान रहने यहाकाँ बाटाहरुमा मानिसहरू ठाटिदै हिडिरहेका थिय अनि उस्तै भिड थियो रेष्टुरेन्टहरुमा। हो आज याहाँका व्यवसायीहरूको दशै थियो। साच्चि नै यो चहलपहल देख्दा मलाई बल्ल बुद्धको जन्म भुमिले माया पायको जस्तो भान भयको थियो। मानिसहरू अनेक थरिका कुरा गर्दै हिडिरहेका थिय। कसैलाई घामको स्पर्श बढि भएको थियो, कसैलाई मान्छेहरूको भिड कम भएको थियो,कसैलाई बाटोको धुलो बढि भएको थियो अनि कसैलाई समयको। आगाडि बढ्दै गरे, बच्चा, बुढा, तन्नेरि सबै खालका मान्छेहरू थिय। सबैमा एउटा छुट्टै जोस थियो। सायद बिदाको दिन घुम्न पाएर पनि उनिहरु हर्षित थिय। मनमनै भने" यस्तै जोस हाम्रा देश बनाउन जिम्मा लिएकाहरूमा भैदिय" तर दुर्भाग्य हामी नेपालीको, काहाँ त्यस्ता नेता पाउनु। बरू जनताले दुख गरेर कमाएको पैसाले तिरेको करबाट उनिहरूको उपचार गर्दै ठिक्क थियो। कल्पनामा डुब्ने आफ्नो बानि देखेर कहिले काहि आफै सँग रिस लाग्थ्यो तर आफै सगँ रिसायर काहा सकिन्थ्यो। यत्तिकैमा बुद्धका वाणी सम्झिय अनि रिसलाई मारेर अगि बढे।
मैले काम गर्ने संस्थाको आज पानि वितरण गर्ने कार्यक्रम थियो, ढिला नगरि सिधै तेतै लागे। सबैजाना पुग्दै हुनु हुदो रहेछ। कार्यक्रम त सुरू भसकेको थियो। म पनि सरिक भयो। बिहानको मौसमले शितलता दिय पनि खोई दिउसो तिर भने उ अलि अराजक भएको थियो। सायद उसको कानमा बुद्धका सन्देश पुगेका थियनन् क्यार। यत्तिकैमा एक हुल आयो, त्यो गर्मिमा सबैले खोज्ने नै पानी थियो, सबै जानालाई पानी दिय अनि "धन्यवाद" र "मुस्कान"का साथ भित्र लाग्नु भयो। यो क्रम जारि थियो। यस्तो पुण्य कर्म गर्न पाएकोमा आफै पनि खुशी थिय। त्यो गोलो अनुहार, मिलेको शरिर अनि हर्दै माया लाग्दो त्यो उसको रूप मेरो आखामा पर्यो। एकछिन त उसको र मेरो हेरा हेर नै भयो। सायद उसलाई पनि गर्मिले सतायको थियो। उ टक्क मेरै आगाडि उभिई, हल्का मुस्काउदै सोधे "पानी पिउने" उसले पनी हुन्छको भाव दिदै टाउको हल्लाई र मैले पानी दिय। साच्चै उसलाई तिर्खा लागेकै रहिछ, पुरै बोत्तल पानी सक्काई। थकित अनुहार जस्तो भयकि उ छेउमै राखेको कुर्चिमा बसिरही। मैले अरू मान्छहरुलाई पानी पिलाउनुमा नै व्यस्त थिय। लगभग १५मिनेट पछि यसो पछाडी फर्किय, ऊ त्यही रहिछे। उ पनि मुस्काई अनि म पनि। लाग्यो संसारमा सबै भन्दा सजिलो र सबैले बुज्ने भाषा भनेको मुस्कुराउनु नै रहेछ। उ त्यसरी त्याहाँ बसिरहनुले मेरो मनमा अनेक कुराहरू उठेका थिय। एकैछिनमा उसले "Excuse Me" भनेर बोली अनि मैले "Yes Please" भन्दै उ तिर फर्किय। उसलाई पनि पानी बाड्नु मन लागेछ क्यार, भनि "If you don't mind, May I help you" मैले कुनै ढिला नगरी हुन्छ भनिदिए। उ सरिक भई। मलाई उसको त्यो बोलिले छोईसकेको थियो अनि त्यो उसको भावले पनि। पानी बाड्ने क्रममा उसले मलाई नाम सोधि। यत्तिकैमा उसका साथिहरू आईपुगे अनि "जान्छु ल, Have a good day" भन्दै मायादेवि तिर लागी। उ अलि पर पुगेपछि बल्ल सम्झिय "मैले त उसको नामनै सोध्न बिर्सेछु"। आफैलाई फेरी गाली गरे। मनमा अनेक कुराहरु खेलिरहेका थिय। कानमा उसको त्यो बोली गुन्जिरहेको थियो। तर म सँग कुनै माध्यम थियन उसलाई फेरी भेट्ने। मन खिन्न पार्दै कोठा तिर लागे। एकछिन रेष्ट गरेर साझँपख मायादेवी घुम्न निस्किय। त्यहाँको सजावटले मेरो मन छोयको थियन। विश्व सम्पदा सुचीमा रहेको यस्तो पवित्र ठाउको त्यो सजावट एकदमै फिक्का थियो। लाग्यो यो भन्दा राम्रो त आजकलका पार्टि प्यालेसको सजावट हुन्छन। तै पनि यो पावन अवसरमा दुई चार वटा फोटो लिय। हरेको ठाउ घुम्दा उ कतै भेटिन्छेकि भन्ने आश थियो। तर सायद उ फर्कि सकेकी थिई, कतै फेला पारिन। म पनि साझँ पर्नै आटेको थियो त्यसैले कोठा फर्किय। एकैछिन टिभी हेर तर मेरो मानसपटलबाट उ हटेकी थिईन, यसै पनि म सँग कुनै विक्लप थियन अनि त्यो उ सगँको भेटलाई एउटा मिठो सम्झना मानेर विर्सिदिय।
लगभग आधा घन्टा पछि फेसबुक खोले, नोटोफिकेसनको आवाजले एकाएक मेरो मन तरगँङित भयो। यसै पनि कमै फ्रेंड रिक्वेस्ट आउने मलाई त्यो साझँ मेरो फेसबुकमा नयाँ रिक्वेस्ट आयो। हेरे रिक्वेस्ट उसैको रहेछ। भरखर पानि परेर खुलेको आकाश जस्तै सुन्दर त्यो वान पिसमा सजिएकि उनको प्रोफाईल पिक्चर। आज त्यो फेसबुकको एक्सेप्ट बटनको माया म बयान गर्न सक्दिन, हतार हतार एक्सेप्ट गरे। तर अझै पनिम मा बोल्ने आटँ आएको थियन तै पनि "Hi" सहित "Thank You" लेखेर पठाय अनि उसको रिप्लाईको प्रतिक्षामा बसिरहे।

No comments:

Post a Comment