Friday, July 7, 2017

खोजिरहेको उत्तर ( भाग_२ )

दुई दिन पछि मात्र आशिषको म्यासेज आयो, "दाई नमस्ते, अनि अस्तिकोलागी सरि पनी है"। मैले पनि उसको सरि सहजै स्विकारे। उसले मैले पोष्ट गरेको पढिसकेको रहिछ, भन्यो "दाई हजुरलाई धेरै धन्यवाद, हजुरले लेखेको पढ्दा मलाई मेरी कान्छु मसँगै भएको महसुस गरे, धेरै धेरै धन्यवाद दाई"। मैले धैरे कुरा नगरी सिधै सोधे," अनि तिम्रि कान्छुलाई मख्खन गली किन जानु रहेछ त"? एकछिन त लाग्यो "कत्ति मतलबी भएछु, सन्चो विसन्चो पनि सोधीन"। उसले सबै भन्दै गयो, मख्खन गली घुमेको, खाजा खाएको अनी उसलाई कोठा सम्म पुर्याएर बिदा गरेको।
हो दाई मेरो मन पनि उसको त्यो घुम्न जाने कुराले कता कता बरालिएको थियो। एक मनले भन्दै थियो, " हो आशिष, दृष्टीलेपनि तलाई मन पराउछेँ नत्र भने पहिलो भेटमै किन तँ सँग घुम्ने प्रस्ताब राखि त"? जब मलाई मेरो मनले सानत्वना दिन्थ्यो, उ मेरै हो भन्ने आभास दिलाउथ्यो, तेती नै बेला उ दोधारे पनि भईदिन्थ्यो अनि मेरा सारा सपनामाथि आगो लगाई दिन्थ्यो। तै पनि मैले आफुलाई सम्हालथ्ये, आफ्नै मनलाई गाली गर्थे अनि उसकै बारे सोचथ्ये। जमलको आकाशे पुल चढ्दै गर्दा उसको जुत्ता सिढीमा अल्झन पुग्यो, उ लड्नै लाग्दा उसले मलाई मेरो हातमा च्याप्प समाई। अनि तुरुन्तै हात छोड्दै "सरि है आशिष" भनी। कता कता त्यो सरिले मेरो मनमा ठेस पुर्याएको थियो। तर त्यो "सरि"ले भन्दा मलाई उसको मुखबाट उच्चारण भएको मेरो नामले शितलपन दिएको थियो अनि आफ्नो पन पनी। मन फुरुङग भएको थियो। "चोट त लागेन नी" भनेर सोधे? उसले पनि "तिमी नभएको भए लाग्थ्यो, सायद" भन्दै मुस्काई। " तिमी हुन्छ मात्र भन, "जिन्दगीभरि साथ दिनेछु अनि हरेक चोटमा मल्हम बन्नेछु" भनेर भन्न मन थियो तर सकिन अनि म पनि मुस्काईदिय। हामी अगाडी बड्यौ, एकै छिनमा ईन्द्र चोक पुग्यौ, मलाई लस्सी मन पर्ने भएर उसलाई सोधे, उसले पनि " वाऊ, लस्सी!!! ईट्स माईन फेवरेट" भन्दै खाउँ खाउँ भनि। हामिले लस्सी खायौ, दृष्टीले त दुई ग्लास पिई। दाई जब जब उसको र मेरो कुरा मिल्थ्यो, मलाई एउटा छुट्टै आनन्द आउथ्यौ, लाग्थ्यो भगवानले उसलाई मैरै लागी बनाएका हुन्। हामी अगाडि बढ्यौ, विशाल बजार जाने बाटो तिर। बाटोमा थुप्रै मान्छेहरु हिडिरहेका थिय, कसैलाई कसैको पनि मतलब नै थिएन। कोई कोई त यति हतारमा देखिन्थिय कि, लाग्थ्यो,  उनिहरुलाई मृत्युले लखेटीरहेको छ। त्यै भिडको जमातमा अल्लारे ठिटाहरु पनी थिय। हामिहरू हिड्दै गर्दा एउटाले भन्यो "ओय!!! हेर त क्या च्वाक केटी रहिछे यार"। दाई त्यो बेला मेरो मन तरंङित भएको थियो, हो साच्चै नै मेरी दृष्टी संसारकै सुन्दर थिई। तर मलाई खुसी भन्दा पनि रिस उठिरहेको थियो, तर सम्झे यनिहरूको पछि लाग्नु भन्दा तर्किनु नै बेस। हामी हिडीरह्यौ। दृष्टीलाई अलिक अप्ठ्यारो लागेछ क्यार, आफ्नो खुट्टा छिटो छिटो चाली। सोचे, थुक्क मेरो समाज, यहाँका मानिस अनि तिनको व्यवहार। मलाई आफ्नै देश, त्यसमाथि राजधानीको त्यो सभ्य ठाउँमापनी अप्ठायारो महसुस भएको थियो। सोचे ति हरेक दिन आउने आफ्नै चेली बेचिएका समाचार अनि महिला प्रति हुने हरेक हिसांका कुरा, मनमनै छि कस्ता कपुतहरूलाई जन्म दिईछिन् मेरी आमाले भने, तर लाग्यो ति मेरी नेपाल आमाकी सन्तती थियनन् नत्र आफ्नै दिदी बहिनीलाई कस्ले तेती तुच्छ र निच व्यवहार गर्छ। यतिकैमा मख्खन गल्लि आईपुगेछ, म सोच्दा सोच्दै सिधै अगाहि हिडेछु, उसले "आशिष!!! यता" भनेपछि मेरो सोच भंग भयो। मख्खन गल्लिको मुख निरैको पसलमा दृष्टी टक्क अडिई। सोधे "के लिनु छ तिमीलाई"? उसले "एउटा हेयर ब्यानड अनी किलिप्प" भन्दै तिमिले पनि गर्लफ्रैंड लाई लगिदिने भय हेर है भनेर गिजाई। म केहि बोलीन, उ छान्दै गई। यतिकैमा एउटा हेयर ब्यान्ड लागाउदै, "कस्तो देखीयो" भनेर सोधि। मलाई अघि उसको कुराले अलिअली रिस उठिरहेको थियो त्यसैले भनिदिय "मलाई के सोध्छौ, आफ्नै बॉयफ्रेंडलाई सोधन" भनेर उत्तर दिय। फेरी उसले "नजिस्कन, भनन पिल्ज कस्तो देखियो"? भनि। त्यो खुलेको सिल्कि कपाल, सुन्दर अनुहर अनि मिलेको जिउडाल। हो दाई उसलाई जे लागाउदा पनि सुहाउथ्यो। उ कुनै अप्सरा भन्दा कम थिईन। उसले रोजेको त्यो रातो रगँको ब्यान्ड अति नै सुन्दर देखिएको थियो, अनि भने "तिमी जस्तै राम्रो देखिएको छ"। उसले मुस्काउदै लिय है तिम्ले मनपराको भनेर पसलेलाई पैसा तिरी। यसो घडि हेर्दै दृष्टिले साढे दुई भईसकेकछ,"अब फर्किऊ है" भनि। उसगँ एकछिन बसन्तपुरमा बसेर कुरा गर्ने मन हुदा हुदै पनि "हुन्छ घर जाऊ अब" भने अनि लाग्यौ गाडि लाग्ने स्थान तर्फ। मख्खन गल्लिबाट निस्केर न्युरोडको बाटो हुदै हामी काठमाडौं मल अगाडि पुग्यौ। न्युरोड गेट पुग्नै लाग्दा उसले "पुस्टकारी लैजाउ है" भन्दै नजिकैको पसलमा पसि। आधा किलो पुस्टकारी किन्दै आफ्नो ब्यागमा हाली। मलाई उसगँ धेरै बोलु, कुराहरु गरु जस्तो हुन्थ्यो तर उसको अगाडी मैले बोल्ने कुरा नै पाउदैन्थ्य। भित्र भित्र मलाई त्यो बाटो आज नटुङगियोस जस्तो भईरहेको थियो तर मेरो कुरा सुन्ने कोहि थिएन। हामी काठमाडौ मल अगाडि पुग्यौ, एकछिन कुर्दा कुर्दै सिनामगंल पुल जाने हायस आईपुग्यो। वास्तवमा हायस नभए पनि त्यसको बनाओट उस्तै थियो। हामी ओर्लिने स्थान टाढै भयकोले अन्तिम सिटैमै बस्यौ। माईक्रो एकै छिनमा भरियो अनि सहचालकको ईसारामा गुरुजीले गाडी अगाडी बडाउनु भयो। गाडिमा मानिसहरु टना टन थिय, बस्न एकदम असजिलो भैरहेको थियो।नयाँ बानेश्वर ओर्लियर पहिलेको के एण्ड के कलेज भित्र रहेको रेष्टुरेण्टमा पस्यौ। भोकले सिमा पार गरिसकेको थियो। उसले दुई प्लेट म:म: अनि ससेज पनि भनेर अर्डर गरि। मलाई भने उ सँग बसेर समय बिताउन पाउदा, लागेको भोक पनि हराउला जस्तै भएको थियो। हजुरको अर्डर भन्दै म:म: आईपुग्यो, मलाई भने कति छिटो लियर आको भनेर मनमनै रिस उठिरहेको थियो, तर बोल्न सकिन। दृष्टिले, "मैले त खाय है, एकदम भोक लागेको छ" भन्दै खान सुरू गरि अनि मैले पनि खान लागे। म:म: एकदमै तातो रहेछ, उसले तातो सहन नसकेर आसुँ नै झारि। खोई म कति बहकियछु, आफ्नै हातले उसको आसुँ पुछिदियछु। एकछिनपछि बल्ल होस आयो अनि "अगिको लागि सरी है दृष्टि" भने। उसले "किन सरि नि, मलाई त अप्ठ्यारो लागेन" भनेर भनेपछि मनमा शितलताको अनुभुति भयो। खाजा खाई उरी हामी त्यहाँ बाट निस्कियौ। उसलाई "तिमी टेम्पोमा जान्छौ हो अब" भनेर सोधे। "तिमीलाई हतार छैन भने मलाई हिन्दै साथ देउ न त" भनि। मलाई के खोज्छस् कानो, आखोँ जस्तो भैरहेको थियो। मनमा अनेक कुराहरू खेलिरहेका थिय, मनमा उडिरहेको थियो, यसरीकि जसरी अब उसलाई दृष्टिले बाहेक अरू कसैले रोक्न सक्दैनथ्यो। तर पनि उ सँग हिड्न पाएको मौकमा यो सब कुरामा अल्झन मन लागेन अनि उसलाई साथ दिदै वाइट हाउस कैम्पस हुदै सिनमंगल तिर लागे। बाटोमा धैरे कुराहरू गरियो, कति त याद छन्, कति त उसैको साथले गर्दा विर्सि पनि सकेछु। लगभग २०मिनेटको हिडाई पछि उ बस्ने घर छेउ पुग्यौ। "म गए है, हिडेर साथ दिएकोमा धन्यवाद" भन्दै घर तिर लागी अनि "मलाई चाहि साथ दिन्नौ" भनिसक्दा "अहिले बेला भाको छैन, छोरो मान्छे के डर हुन्छ र बिस्तारै जाउ। साझँ अनलाईनमा कुरा गरुला, पुगेर फोन गर है" भनेर घर तिर लागी। आखाँले भ्याउदा सम्म उसलाई हेरीरहे, मोडिने बाटो निर पुगेसी उसले बाई गर्दै ओझेलमा परि। म पनि घर तिर फर्के। फोनमा बोल्न अलि गारो लाग्यो त्यसैले "म पुगे है, साझँ छिटो अनलाईन आउनु" भनेर म्यसेज गरे अनि उसलाई प्रविधीको दुनियमा कुर्दै बसे।
#क्रमश.........

भाग १: click here

No comments:

Post a Comment