Thursday, August 15, 2019

खोजिरहेको_उत्तर ( भाग_3 )

घडीमा ठिक सवा आठ बजेको थियो, यतिकैमा मेरो फोनको रिङटोन बज्न थाल्यो। भरखर खाना खाएर भाडाँ माझ्दै थिय। यसैपनि घरमा अगिनै कुरा भइसकेकोले, एक मनमा, कतै दृष्टिको त फोन होईन, हात धोएर उठाउ कि भन्ने लागेको थियो तर अर्को मनले उसले फोन के गरी होला भन्ने लाग्यो त्यसैले फोनमा ध्यान नदिई भाडाँ माझ्न तिरै केन्द्रित भय। सरसफाईको काम सकिउरी फोन हेरे, फोन दृष्टिकै रहेछ, आफैले आफुलाई गाली गरे, "एक चोटी हेर्नू त पर्थ्यो"। कल ब्याक गर्ने साहस आएन। उसको बोली सुनेपछि म नतमस्तक हुन्थेय, बोल्ने कुनै शब्द नै पाउदैन थिय। हतार हतार अनलाईन हुने प्रयास गरिरहे। तर राजधानी भएपनि दुरसंचारका तरंगहरु सबै ठाउमा सहजै पुग्दैन थिय। हुन पनि त्यो घना बस्तिमा ति तरंगहरू आफै अलमलिदा हुन जस्तो लागदथ्यो जसरी म दृष्टिको मायामा अल्झिदै गएको थिए कहिले नफुक्ने रसिको गठो जस्तै। समयले पौने नौ को नेटो काट्दै थियो। समय यसरी हतारिदै अगी बढिरहेको थियो की मानौं उ पनि कसैको मायामा पारेर उसलाई पाउनको निम्ति हर प्रयास गरेर छिटो छिटो आफ्नो पाइला चाल्दै थियो। मोबाइल अफ गरेर अन गरे, बल्ल ईन्टरनेट चल्न थाल्यो। हतार हतार म्यासेन्जर खोली हाले, उताबाट "हाई, हेल्लो" लगायतका म्यासेजले मेरो ईनबक्स भरियको थियो। उसका यी सब बानीहरुले मलाई उसले माया गर्छे भनेर सोच्न बाध्य बनाउँथ्यो। मैले कुनै हतार नगरी "अघिको लागी सरी है, भाडाँ माझ्दै थिय, फोन उठाउनै भ्याईन" भनेर रिप्लाई दिए। "तिम्री बुडी त भाग्यमानी हुने रहिछे, सबै काम गर्दो रहेछौ" भन्दै जिस्काईरही। मैले पनि "के गर्ने एक्लै छु, जसरी नै गर्नै पर्यो, अब तिमीलाई बोलाउनु पर्ला 😝" भन्दै "बिहे नगर्दा सम्म मात्र हो 😀😀" भने। एकछिन उ केही बोलिन। लगभग ५ मिनेटजति कुनै सन्देश आदन प्रदान भएन। अगिको कुराले चित्त दुखाईछेकि भन्ने लाग्यो र "काहाँ हरायौ, रिसायौ क्याहो अगिको कुराले" भन्दै कुरा अगाडी बडाए। यता मेरो मुटुको ढुकढुकी अलि धेरै नै बढिरहेको थियो। दाई मलाई अगी दृष्टिलाई त्यसरी भनी नहाल्नु पर्ने भनेर मनमा लागिरहेको थियो। त्यो चिसो रातमा पनि मलाई गर्मीको महसूस भएको थियो, लागिरहेको थियो कि मेरो मायाको टुसा नपलाउँदै मर्ने भयो। मनमा अनेकौं कुराहरु खेलीरहेका थिए। जसरी क्रिकेट मैदानमा कुनै खेलाडी ब्याट्सम्यानले हानेको चौका रोक्नलाई हतार हतार दौडिरहेको हुन्छ, मलाई पनि दृष्टिको लागि म अलि नै बढी हतार गरेछु भन्ने लागिरहेको थियो। म्यासेज अझै डेलिभर भएको संकेत आएको थिएन। मनमा कता कता डरको महसुस भईरहेको थियो। फोन गरुकि जस्तै सोचिरहेको थिय, तर आँट आएन। एकछिन कुरेरै बसे। तर उसको रिप्लाई नआएपछि सुत्ने निर्णय गरे अनि अफलाईन भय। तर एकछिन पछि फेरी मेरो फोन बज्यो, उठाय, दृष्टिको थियो, "कहाँ हराको, अनलाईन नै छैनौ त" भन्दै सोधी। "तिम्रो रिप्लाई आएन अनि, सुत्न लागेको" भने। "सरि, मामुले फोन गरस्या थियो, त्यसैले बोल्न पाईन, अब अनलाईन आउ न त है" भन्दै फोन राखी। उसको त्यो मधुर बोलीको अगाडी मेरो के चल्थ्यो र, म त उसको इशारामा नाच्ने पुतली जस्तो भइसकेको थिए, फेरी अनलाईन हुने निर्णय गरे। उ अनलाईन नै रहिछे, "सरि मामुसँग फोनमा थिए" लेखिएको म्यासेज डेलिभर नभएपछि फोन गरेकि रहिछे। अब भने, साच्चिनै दृष्टिले मलाई मन पराउछे जस्तो भएको थियो। मन फुरुङ्ग भएको थियो।आकाशमा उड्ने हवाईजहजज भन्दा माथिको उचाईमा मन उडी रहेको थियो, मन मनै, "मायानै नभाको भए त्यसरी फोननै गरेर किन अनलाईन बोलाउथि भन्ने लागिरहेको थियो"। म कल्पनाको संसारमा डुब्दै थिए। मैले धैर पर सम्म सोचीरहेको रहेछु, म्यासेज आएको नोटिफिकेसनको आवाजले मेरो सोचलाई भँग गराईदियो। दाई, म त्यो क्षण अति नै खुसी थिय। संसार मेरै ईसारामा चले जस्तो भान भईरहेको थियो। हामी गफिरहेका थियौ। दिनभरि घुमेको, खाजा खाएको। खासगरी मलाई उसले मेरो हात समाएको कुराले एकदम आनन्द दिएको थियो। अझै भनौं न दाई, मलाई त उसको हात छुन पाउँदा शरीरमा अर्कै ऊर्जा पैदा भएको जस्तो भाको थियो। कुरा गर्दा गर्दै रात धेरै नै हुन आटेको रहेछ। आखाँले उघ्रिनै मानेका थिएनन् तै पनि मलाई त्यो प्यारो क्षण गुमाउनु थियन त्यसैले बोलीरहेको थिय। मायामा भोक, निद्रा लाग्दैन भन्ने कुरा म मा सार्थक हुँदै थियो। म यति बेला सम्म उसको मायामा चुर्लुम्म डुबिसकेको थिए, कमसेकम एकतर्फी भएनी किन भने जुन हिसाबले मैले उसको बानीलाई आफै अर्थ लगाउँदै बसेको थिए त्यो नहुन पनि सक्थ्यो। उसका हरेक शब्द प्यारा लागिरहेका थियो। सोचिरहेको थिय तिनै शब्दहरुको सिरानी बनाएर निदाईरहुँ उसैको काखमा सधै सधैलाई। उसलाई दिउसो लिएको हेयर ब्यान्ड सारै मन परेछ अनि त्यही कुरा निकालीरही। मैले पनि यही मौका समाएर उसलाई जिस्काईदिए,"अब यो हेयर ब्यान्ड देखेर तिम्रो ब्वाइफ्रेन्ड झन् तिम्रो मायामा पर्ने भयो"। उसले खासै मेरो यो मेसेज प्रति चासो दिइएन र यसको प्रति उत्तर मा मात्र एउटा हाँसो को इस्माली पठाई र साथमा "ज पाई" भनी। मलाई त उसको तर्फ बाट म प्रति उसको मायाको बारे बुझ्नु थियो। फेरी यत्तिकैमा मैले, "भोली कलेजमा लागाएर आऊ है त, राम्रि देखिन्छ्यो भने"। उसले, "नाई लगाउदिन भन्दै ठाडो जवाफ दिई"। मैले उसले लागाओस भनेर हर प्रयास गरे तर अहँ उ मान्दै मानिन। एकछिनसम्म म पनि चुप नै रहे, उसले पनि केहि म्यासेज गरिन। सायद मेरो जिद्दिले गर्दा नबोलेकी हो कि भन्ने लागीरहेको थियो तर यत्तिकैमा उसले, "हेरन आशिष, म त निदाईछु" भनेर म्यासेज पठाई। मन हल्का भयो अनि, "ठिकै छ, रात पनि धैरै नै हुन आटेछँ, फेरी भोली कलेज जानुपनी पर्छ, सुतौ" भनी हामी छुटियौ। उ सुती सकेकी हुदिँ हो तर मेरो भने निद्रानै हराएको थियो। उसैका म्यासेजहरू स्क्रोल गर्दै पढिरहेँ। बस पढिरहें, पडिरहें..., निदाएछु। बिहानको ६:३० बजिसकेको रहेछ, मोबाईलमा अलार्म स्नुज भएर कैयौ पटक बजिरहेको रहेछ तर मेरो निद्राले बाहिरी आवाज केही सुनेन। बिचरा सुनोस् पनि कसरी दाई, हिजो राति अबेर सम्म दृष्टिकै बारेमा सोच्दा सोच्दा म कति बेला निदायेछु मलाई पत्तो नै भएन। हतार हतार कलेजको ड्रेस लगाए, मुख धोए, ब्रस गरेर कलेज तर्फ हिडे। यसैपनि काठमाडौंको मौसम गर्मी तेती नहुने त्यसमाथि बिहानको समय, अलि चिसो नै थियो। म अगाडि बढ्दै थिए मनभरी हिजो को दृश्य नाचिरहेको। मनमा छुट्टै किसिमको आनन्दको आभास भएको थियो। त्यस्तो चिसो मौसममा पनि मलाई न्यानोपनको महसुस भएको थियो। अगाडि बढ्दैगर्दा एउटा रुखमा बसिरहेका एक जोडी चरामा मेरो आँखा अडियो, ति चराहरूलाई देखेर कतिबेला कलेज पुगेर उसलाई भेटेर म पनि यसैगरी सँगै बसु भइरहेको थियो। मलाई कलेजमा ढिला पुगिएला भन्ने पनि हेक्का थिएन दाई, बस हिडि रहेछु, मनमा अनेक कुरा सोचिरहेछु, बस हिडि रहेछु, मनमा अनेक कुरा सोचिरहेछु।
सधैं अधा घण्टा मा पुगिने कलेज मलाई त्यो दिन ४५ मिनेट लागेछ। कलेजको गेटमा पुगेको मात्रै के थिए यत्तीकैमा मलाई कोर्डिनेटर सरले देख्नु भयो, सिधै आफ्नो क्याबिनमा लगेर गाली गर्नु भयो। तर मेरो मनमा दृष्टि को चित्र घुमिरहेको थियो त्यसैले सरको गालीले मलाई असर गरेन। एकछिनमा सरले क्लासमा जानलाई अनुमति दिनु भयो। म सरको क्याबिनबाट निस्किएर क्लास तर्फ जाँदै थिए यत्तीकैमा दाई, मेरो मोबाइलमा मेसेजको रिङटोन बज्यो हतार हतार निकालेर हेरे, मेसेज दृष्टीकै रहेछ, लेखिएको थियो, " तिमी आज कलेज नआउने?"। त्यतिन्जेल क्लास सकिन अजै १५ मिनेट जति बाँकी थियो। मलाई खासमा दृष्टिले मलाई कत्तिको केयर गर्दी रहिछ भन्ने कौतुहलताले सताएको पनी थियो त्यसैले म क्लासमा नगै सीधै क्यान्टिनमा गए अनि खाजा मगाए र जानी जानी उसको मेसेजको रिप्लाई नै गरिन।मनले मानिरहेकै थिएन रिप्लाई नगरी बस्न तर पनि खोइ कुन साहसले मलाई उसलाई मेसेज गर्न बाट रोक्यो। खाजा खाँदै गर्दा फेरी पनि मोबाइल बज्यो हेरे मेसेज आएको रहिछ अनि फेरि पनि दृष्टिकै रहेछ, लेखिएको थियो,"मेरो मेसेजको ईग्नोर, जाऊ बोल्दिन"। यति बेला मेरो साहस चलेन, औंलाहरू आफै चले, बस आफै चलिरहे, "सरी म बाहिर क्यान्टिनमा मा छु, अर्को पिरियडमा आउँछु, सरी दृष्टि" बस यति लेखेर सेन्ड बटन मा क्लिक गरे। खाजा सकेर क्लासतिर नजर लगाउँदै थिए, एक हुल बाहिर आउँदै थियो, त्यै
हुल मध्ये एकजना साथीले "आज कलेज किन ढिला सर?" भन्दै सोध्यो। मलाई अहिलेनै आफ्नो प्रेमको कुरा फैलाउनु उचित लागेन त्यसैले बहाना बनाएर साथी लाई "राती हल्का टाउको दुखेको कारणले निद्रा नपरेर बिहान उठ्न ढिला भयो" भन्दै उसको जवाफ फर्काए। यत्तीकैमा मेरो नजर क्यान्टिनको एक कुनामा पुग्यो। दाई त्यो भित्ता भरी धेरैले आफ्नो नामको पहिला अक्षर र "+" चिन्ह दिएर आफुलाई मन पर्ने केटीको नामको पहिलो अक्षर लेखेका थिए। मलाईपनि त्यसरीनै लेख्न मन थियो तर लेखिन। यसैपनि अक्षरहरूले फोहर भएकोले त्यो भित्तामा रँग लगाईएको थियो। रँग लगाएतापनी कैयौं अज्ञरहरू अझै स्पष्ट बुझिन्थिए। मन मनै सोचे, ति चोखो मायाका प्रतिक थिए त्यसैले त रगँ लगाउदा सम्म ति अक्षरहरू प्रष्ट थिय जसरी अहिले पनि संसारमा लैला मजनुका किस्सा चलिरहन्छन्। भावनमा डुबिरहेको मलाई अर्को पेरियडको घन्टीले झसँग बनायो, म हतार हतार क्लासमा गए।
क्रमश:

Thursday, January 17, 2019

Standing Instruction related

Releated menu options:
1. ssim
2. sirp
3.sii