Wednesday, August 19, 2020

कहिल्यै नमेटिने सम्झना, कुशे औशिँ

#कहिल्यै_नमेटिने_सम्झना #कुशे_औशिँ मन भित्रको ज्वारभाटा उर्लेर आँउछ। कसैगरि थामेको यो मन मान्दै मान्दैन, अहँ, मान्दै मान्दैन। त्यो स्वरको मिठास अजैपनि यि कानमा गुन्जिरहेछ जसरि अग्ला पहाडका डाडाँहरुमा आवज गुन्जिरहन्छन्। कता कता त्यहि स्वरले मलाई पुकारे जस्तो भान हुन्छ। एकछिन टोलाउछु, झस्किनछु, यता उती हेर्छु, त्यो अनुहार खोज्छु, अहँ, कहिँ कतै पाउदिन अनि "खोज्यो भने देवता त भेटिन्छ" लेखेका हरेक पाना च्यातन मन लाग्छ, छाप्ने त्यो मेसिन फुटाईदिउँ लाग्छ र त्यो मसिलाई बगाईदिउ लाग्छ। हो जब प्यारो मान्छे गुमाएपछि मनले मान्दैन रहेछ, नपाउने थाहा भए पनि खोजिरहदो रहेछ, हरेक दिन, हरेक पल आशा भैरहदो रहेछ। एकतमासले आँखा रसाउछ, एक हातले ति दर्केका आँखा पुस्छु। आकाश दर्किदाँ मान्छेको शरिर भिज्छ, तर जब आखाँ दर्किन्छ पुरै मन भिज्दो रहेछ। भिजेको शिरर त एकैछिनमा ओभाउछँ तर भिजेको मन ओभाउदो रहेनछ। जति नै कोसिस गरिरहुँ कतै न कतै चिसो रहिरहदोँ रहेछ। त्यही चिसोले सधै मन दूखाउदो रहेछ, सम्झना दिलाईरहदो रहेछ। आज म त्यो भुतकालमा पुगिरहेको छु। त्यो पल, जहाँ म सँग खुसी नै खुसी थिए, त्यो न्यानो माया थियो, त्यो आफ्नोपनको आभास थियो अनि कहिल्यै नसकिने माया थियो। हो आजपनि म त्यही आवाज खोज्छु जसले मलाई हरेक बिहान उठाउने गर्थ्यो, जिवन जिउने आशा देखाउथ्यो, मेरा हरेक गल्तिहरुलाई सच्चाईदिन्थ्यो, अनि हरेका पाईलाहरूमा प्रेरणा दिन्थ्यो। त्यहि न्यानो साथले मलाई कहिले एक्लोपनको आभाषसम्म भएन न कहिले मलाई केहि कुराको कमि महसुस भयो। बस मैले सोच्नु पर्थ्यो जादु जस्तै मेरा सारा ईच्छाहरू पुरा भैदिन्थे। अहँ त्यो माया मैले बयान गर्नै सक्दिन, जतिनै निरास पल किन नहोस मलाई त्यही एउटा छायाँमात्रै भएपनि खुसी दिन्थ्यो। तर त्यो साथ छुटेको आज १३ बर्ष भईसकेछ, बितेका यी बर्षकालमा कुनै यस्तो दिन छैन जुन पल मलाई त्यो न्यानो माया र साथ खड्किएको। तै पनि मनलाई सम्हालिरहेको छु र सगै भएको आभासले बाँकी जिन्दगी काट्न बाध्य छु। नफर्किने थाहा हुँदाहुँदै पनि मनमा एउटा झिनो आसले जहिले डेरा गरेर बसेको छ कि कहिले "छोरा म आए" भनेर सुन्न पाउछु र मनका सारा बह फुकाउन पाउछु।

No comments:

Post a Comment