Friday, May 5, 2017

खोजिरहेको उत्तर (भाग_१)

[Note: Click here for English Version]

लुम्विनी डायरिज पोस्ट गरेको अर्को दीन सांझ पख मेरो फोनको घन्टि बज्यो। मोबाईल चार्जमा राखेर खाना खान बसेकोले फोनमा खासै चासो दिईन, उसै पनि त्यस्तो महत्वपुर्ण कसैको फोन मलाई आउदैन थियो। फोनी बजिरह्यो एक कल, दुई कल, तिन कल। म अच्म्मित भए यसरी कस्को फोन आयो भनेर अनि कता कता डर पनि लाग्यो कतै केहि त भयन। जुठै हात भय पनि फोन उठाए, नम्बर नया थियो, उता बाट आवाज आयो "दाई नमस्ते, सन्चै हुनुहुन्छ?" कता कता त्यो अवाज परिचित जस्तो लागिरहेको थियो तर अह मैले राम्रो गरि ठम्याउन सकिन अनि जवाफ फर्काए "नमस्ते को बोल्नु भयो होला?" उता बाट म  आशिष, सुने पछि बल्ल चिने तर मेरो मनमा अजै कौतुहलता सकिएको थिएन| कौतुहलता भन्दा पनि म अच्चम्मित भएको थिए, किन भने लघभग  ३ वर्ष पछि उसले मलाई फोन गरेको थियो| हुन त उ र म संगै २ वर्ष एउटै घरमा डेरा गरेर बसेका थिऔ काठमाडौँमा तर मैले काठमांडू छाडेपछी हाम्रो संपर्क पातलिदै गएको थियो।यतिकैमा मैले सोधिहाले "अनि बुहारीको खबर के छ त? उ अली मनीलो स्वर बनाउदै भन्यो "खोई दाई के खबर सुनाउ हजुरलाई, न मलाई थाहा भयो न उसलाई थाहा भयो, खोई कहा बाट कुन बतास को बेग आयो अनि हामि छुटियौ सदाका लागि" मनमनै सोचे ब्यर्थै सोधोछु, उसको मन दुखाउनलाई। उसको आवाजमा पिडा र विछोड सिवाय मैले अरू केही महसुस गर्न सकिन। फेरी उसले भन्यो दाई एकछिन कुरा गर्नू मिल्छ? अनि मैले जवाफमा अहिले एकछिन पछि अनलाईनमै कुरा गरौँ न ल भन्दै फोन राखिदिय। लगभग आधा घण्टाको अंतराल पछि मैले मैसेंजर खोले, उता आशीषले पहिले नै मैसेज गरेको रहेछ, दाई मैले हिजो हजुरको लुम्बिनी डायरिज पढ़े, हजुरले यस्तो लेख्नु हुन्छ भनेर थाहा नै थिएन। मैले जिब्रो टोकेको ईमो सहित किन राम्रो लागेन भनेर पठाईदिए। उता बाट उसले, दाई मलाई मेरी कान्छुको सारै याद आयो हजुरको पोष्ट पढेर अनि मलाई पनि लेखु लेखु लाग्यो तर अहँ केहि सकिन। दाई हजुर गाह्रो नमान्ने भय एउटा आग्रह गरु भन्यो। मैले उत्तर दिन नपाउदैे, हजुरले मेरो र कान्छुको प्रेम कहानी लेख्दिनु पर्यो, मैसेज गर्यो। जवाफमा, भाई तिमीले मलाई तेती कावेल सम्झियौ, तिमीलाई मुरी मुरी धन्यवाद तर मलाई यो काम सुम्पेर आफ्नो प्रेम कथा फिक्का नबनाउ भनि लेखी पठाय। होईन दाई हजुर सक्नु हुन्छ मलाई बिस्वास छ भनेर लेखी पठायो। मेरो हरेक नाइ को जवाफ मा उ यसरी रिप्लाई गर्थेयो की म नजवाफ भये। अनि अन्तयमा मलाई लेख्न राजी बनाएर छोड्यो तर मेरो मनमा भने पुरै डरले डेरा जमाई सकेको थियो, कसरी लेख्ने, के लेख्ने, तै पनि सुरुवात गरे उसलाई कुरा हरु सोध्दई गए उ जवाफ दिदै गयो यसरि, त्यो दिन मेरो कलेजमा पहिलो दिन थियो। १२ कक्षाको पढाई सकेर म राजधानी पसेको थिय ऊच्च शिक्षाको लागी। क्यालेन्डरले दशैं तिहार सक्काय पनि मेरो मनमा भने चाड बाडको रमझम सकियको थिएन। मलाई प्रष्टै याद छ दाई अशोज १४ गते, त्यो शितल मोसमा एउटा छड्के ब्याग भिरेर म मिनभवन छिरेको थिए। कलेजको पहिलो दिन, साथीहरू कोहि थिएनन, अलि एक्लो महसुस गर्दै अन्तिम बेन्चमा बसेको थिए। अरु विध्यार्थिहरु आउने क्रम जारी थियो। कसैलाई हेरेर मुस्काईदिन्थ्य, कोहि भने आफ्नो परिचय दिदै हात मिलाउन आउथे। कहिले घर नछोडेको मान्छे म, कता कता एक्लोपनले सताईरहेको थियो। तै पनि सम्हालिय आखिर पढ्नु जो थियो मलाई। पहिलो दिन कलेजमा परिचय कार्यक्रम मात्रै भयो। दोस्रो दिनबाट बल्ल पढाईले बिस्तारै रफ्तार लियो। मेरो दिन चर्या विहान कलेज, दिउसो छतमा बसेर पढ्नेमै सिमीत भयो। दिनहरु वित्दै गए, साथीहरू बन्दै गए र तिन, चार जानासँग अलि नजिकिय। कहिले पढाई र कहिले घुमघाममै मेरो पहिलो सेमेस्टर सकियो। म यसै पनि  केटीहरुसँग कम बोल्ने भयकोले केटी साथी खासै बनेका थियनन। तर जब म उसलाई सधै देख्थे खोई मन एउटा आन्नदको आभास हुन्थ्यो। आशिषले भन्दै गयो हो दाई नबोले पनि उसलाई देख्ना साथ मलाई रमाईलो अनुभुती हुन्थ्यो अनि बाच्नु अर्थपुर्ण लाग्थ्यो तर मनको कुरा उसका सामु पोख्न सकिन। तेती बेल सचांर भनौ या प्रविधी यती सरल पनि थिएन। म प्राय मिग चलाउथ्य तर उ खासै प्रयोग नगर्दि रहिछ, त्यसैले सम्पर्क गर्ने बाटो हुदैन थियो। ऊ सँग धेरै नबोल्ने भएकोले मोबाईल नम्बर माग्ने आटँ पनि मैले जुटाउन सकिन। समयहरू बित्दै गय, हामी अलि नजिकियौ कहिले नोटको बाहानामा त कहिले शिक्षकहरुले दिने असाईन्मेन्टका नाममा। हाम्रो पढाईका सिलसिलामा ग्रुप वर्क धेरै हुने भयकोले शिक्षकहरूले ५-५ जनाको ग्रुप बानाईदिनु भएको थियो, हो त्यहि ग्रुप नै हामी नजीकीने खास बहाना बनेको थियो। खोई मेरो भाग्य भनु की संयोग हामि दुबै एकै ग्रुपमा थियौ। ग्रुप डिस्कशन ले गर्दा नै मलाई उ संग बोल्ने आट आएको थियो र एहि बाहानामा हामि धेरै नजिकियौ। सायद त्यो सेकंड सेमेस्टर को बीच तिर थियो, एऊटा कुनै कंपनीमा गएर सर्वे गर्नु पर्ने भयो। हाम्रो ग्रुपले कमलदीमा भएको यूनिलीभरलाई छानेको थियो। भरखर काठमाडौ छिरेका केटाहरू पढाई भन्दा बढि घुमघाममै ध्यान दिन्थ्य त्यसैले कोही फिल्ड जान मानेनन बरू उल्टै मैलाई फाकाई असाइनमेंट सक्याउन प्रेरित गरे, मैले पनि सायद दृष्टी त जाली सोचेर केटाहरूको प्रस्ताव सहजै स्वीकारे। अनि सबै कुरा दृष्टीलाई भने उसले पनी कुनै आनाकानी बिना हामी दुई जाना मात्रै जाउला भनेर उत्तर दिई। उसको यो सहज स्वीकार नै मेरो लागी हिम्मत बनेको थियो र हामी आउने मंगलबार जाने निधो गरयौ। मेरो व्यग्रह प्रतिक्षाको दिन, मंगलबार आईपुग्यो, हामीले पुरानो बानेश्वरमा ठिक ११ बजे भट्ने निर्णय गरेका थियौ। बिहानै नुहाय, भएको अत्तर छरकेर खाना खाई उरि तयार भय। दाई तेती बेला मेरो मन दशैंमा उड्ने चंगा भन्दा कम उडेको थियन। दशैमा बाबु-आमाले नया लुगा किन्दिदा भन्दा बढि म रमाएको थियो। खासममा त दाई मलाई कलेजको असाइनमेंट भन्दापनी दृष्टीलाई भेट्नु थियो अनि मनका कुरा खोल्नु थियो। समयले मैलाई मौका पनी उस्तै मिलएको थियो। जब बानेश्वरको जेब्रा क्रासिंग काटेर म संबिधान सभा हल पुगेको थिय, एकछिन टेम्पो कुरेको पनि थिए तर काठमाडौको यातायात कहा सजिलो थियो र। कुनै पनी टेम्पो खाली नभएसी म हिडेरै जाने निधो गरे। म हिड्दै गरे, रामेश्वर मिठाई पसल, व्हाइट हाउस कॉलेज, रत्नराज्य स्कूल हुदै म भेनस हॉस्पिटल पुग्दा सम्म मनमा अनेक तरंग आइरहेका थिए। बाटोमा देखिने हरेक जोड़ीहरुलाई हर्दै म पनी कुनै दिन मेरी दृष्टीसंग यसरि नै हिड्नेछु भन्दै सोची रहे। कल्पनामा यति सम्म डुवेछु कि अर्को दिशाबाट आएको मानिससंग ठोकिन पुगे। त्यो मान्छेले "आखाँ छैन क्याओ" भन्दै गयो। मैले सरि भनेर आफ्नो बाटो लागे, उस्को गालीको रिसलाई मेरो कल्पनाको संसारले जितेको थियो। म आगाडि बडे, अलि पर एपेक्स कलेज आईपुग्यो, बाटोमा अरू थुप्रै पसलहरू थिय, सबै त अहिले विर्सि पनि सके। तेतीका बाटो हिड्दा सम्म मलाई समयको ख्या नै भयनछ। पुरानो बानेश्वर आउनै लाग्दको मोडनिर जादाँ घडि हेरे, घडि त मेरो कल्पना भन्दा धेरै पर पुगिसकेको रहेछ, चोक पुग्दा म पुरै १० मिनेट ढिला भयको थिय। दृष्टी अगिनै आईपुगेकी रहिछे। उ नजिकै पुगे र हाई ले सम्वोधन गरे उसले जवाफमा "केटी मान्छेलाई कुराउछन् पागल" भनि। मैले सरि, टेम्पो खालीनै पाईन, हिडेरै आउदा ढिला भयो भने। उसले ठिकै छ ल हिड जाउ भनि अनि उहि सानो निलो माईक्रो चढ्यौ र लाग्यो गन्तवय तर्फ। त्यो उसले लागायको निलो कुर्ता अनि छोडेको कपालमा कुनै मोडल भन्दा कम देखिएकी थिईन। तर मलाई त उसलाई मोडल भन्दा पनि मेरो जिवन सिंगार्ने मनकि रानी बनाउनु थियो। अघि भेट्दा उसले सम्वोधन गरेको "पागल" शब्दले मलाई प्रेरणा दियको थियो। माईक्रोमा भिड अति नै थियो, म सम्हालिदै बसे। मैतिदेवीको पुलिस बिट हुदै माईक्रो पुतलिसडक पुग्यो, त्याबाट दाहिने मोडेर घन्टाघर तर्फ गुड्यो। हामीहरु आपसमा युनीलिभर पुगेपछि कस्लाई भट्ने भन्दै कुरा गरिरह्यौ। यतिकैमा कमलादिको गणेशथान आईपुग्यो अनि मैले आखाँ चिम्लेर भगवान सामु उसैलाई मागे। उसले देखिछ क्यार "खुबै धार्मिक रहीछौ त" भनेर भनि। मैले होईन यतिकै भगवानको दर्शन गरेको भनेर टार्न खोज्दै थिय उसले अनी दर्शन नि अजकाल आखाँ चिम्म गरेर गर्छन भनेर ब्यङ गरिहाली, मैले कुरा लुकाउन सकिन, मुखबाट मनोकामना पुरा होस भनेर मागेको भनेर निस्कि हाल्यो। अब त उसले अरु प्रश्न गर्दिन सोचेको थिए तर उसले फेरी प्रश्नको झटारो हानि भनन के माग्यौ। भन्न त मलाई तिमीलाई नै मागेको छु भन्ने मन थियो, धन्न यो चाहिँ मनमै अडियो र परिक्षामा राम्रो अँक आवोस भनेर मागे भनि टारे। कुरै कुरमा अल्झिदा हामी त्रिचन्द्र कलेज पुगेछौ। हतार हतार माईक्रो रोक्न लागायर हामी ओर्लियौ। उसले गिजाउदै भनि "के हो केटिसगं हिडेपछि और्लिने ठाऊँ नै याद गर्न छाड्यौ"? लाग्न त मलाई त्यो यात्रा कहिले नटुटोस भन्ने भएको थियो। लागिरहेको थियो कि ऊ यसै गरि जिवनभर म सँगै बसोस अनि मलाई मायाले बिहान बिहान बेडमा चिया ल्याएर बुडो उठिस्यो बिहान भैसक्यो भनोस। एक मनले धत् ऊल्लु सोच्न पनि के के सोच्छस् भन्यो तर अर्को मनले भने नसोची केही पुरा हुन्न, सपना देख्न नछोड भन्यो। हामी आएकै बाटो फर्कियर अहिले हिमालयन बैकंको हेड अफिस भयको बाटो हुदै पुग्यौ हेरिटेज प्लाजा, युनिलिभरको अफिसमा। त्याँ पुगरे गेटमै बस्नु भयको दाईलाई हामि आउनुको उद्देश्य बतायौ र उहाँले हामीलाई एक जाना सरकहाँ पुर्यायीदिनु भयो। दुवैले नमस्कार गरेपछि केही बेरको कुराकानी पछि हामीले तयार पारेका प्रश्नहरू सोध्यौ र धन्यवाद टकर्याउदै विदा भयौ। घडिले साढे एक बजाईसकेको थियो। बाहिर निस्केर मैले दृष्टीलाई अब घरै त जाने होला नि होईन भनेर सोधे। मनमनै त लागिराथ्यो कि उसले हुन्छ नभनोस किनभने मलाई उसको त्यो साथ आनन्द लागेको थियो। मलाई जिवनमा पहिलो चोटि त्यस्तो अनुभव भएको थियो। लागिरहेको थियो मनभरिका सारा कुरा त्यहि भनु अनि उसलाई सदाका लागि अफ्नो बनाऊ, तर यो डरले भरियको मन खुल्नै सक्दैनथ्यो। साच्चै भन्नु पर्दा मलाई छुट्टिनु नै मन थियन। खोई उसले मेरो मनको कुरा सुनी वा उसलाई पनि मलाई जस्तै भएको थियो वा साच्चै उसलाई काम थियो, उसले मख्खन गल्लि जाऊँ न भनि। मैले भित्र भित्र ठुलै युद्द जिते जस्तो महसुस गरेको थिय। हामी हिडेरै त्रिचन्द्र कलेज पुग्यौ, अनि प्रहरी हेडक्वाटर हुदै जमलको पुल चढ्यौ र लाग्यौ मख्खन गल्लि तिर। यति भन्दा भन्दै आशिषको म्यासेन्जरले "एक्टिभ यगो १५ मिनेट" देखायो। घडिले ११ बजाउने तरखर गर्दै थियो, एकछिन उसलाई कुरे तर फेरी उ अनलाईन आएन अनि म पनि सुत्ने तरखर गरे र उसालाई सरप्राइज दिन उसको अनुमति बिना पोष्ट गरिदिय। #क्रमश:
#केशब_ज्ञवाली

No comments:

Post a Comment