Friday, May 5, 2017

खोजिरहेको उत्तर (भाग_१)

[Note: Click here for English Version]

लुम्विनी डायरिज पोस्ट गरेको अर्को दीन सांझ पख मेरो फोनको घन्टि बज्यो। मोबाईल चार्जमा राखेर खाना खान बसेकोले फोनमा खासै चासो दिईन, उसै पनि त्यस्तो महत्वपुर्ण कसैको फोन मलाई आउदैन थियो। फोनी बजिरह्यो एक कल, दुई कल, तिन कल। म अच्म्मित भए यसरी कस्को फोन आयो भनेर अनि कता कता डर पनि लाग्यो कतै केहि त भयन। जुठै हात भय पनि फोन उठाए, नम्बर नया थियो, उता बाट आवाज आयो "दाई नमस्ते, सन्चै हुनुहुन्छ?" कता कता त्यो अवाज परिचित जस्तो लागिरहेको थियो तर अह मैले राम्रो गरि ठम्याउन सकिन अनि जवाफ फर्काए "नमस्ते को बोल्नु भयो होला?" उता बाट म  आशिष, सुने पछि बल्ल चिने तर मेरो मनमा अजै कौतुहलता सकिएको थिएन| कौतुहलता भन्दा पनि म अच्चम्मित भएको थिए, किन भने लघभग  ३ वर्ष पछि उसले मलाई फोन गरेको थियो| हुन त उ र म संगै २ वर्ष एउटै घरमा डेरा गरेर बसेका थिऔ काठमाडौँमा तर मैले काठमांडू छाडेपछी हाम्रो संपर्क पातलिदै गएको थियो।यतिकैमा मैले सोधिहाले "अनि बुहारीको खबर के छ त? उ अली मनीलो स्वर बनाउदै भन्यो "खोई दाई के खबर सुनाउ हजुरलाई, न मलाई थाहा भयो न उसलाई थाहा भयो, खोई कहा बाट कुन बतास को बेग आयो अनि हामि छुटियौ सदाका लागि" मनमनै सोचे ब्यर्थै सोधोछु, उसको मन दुखाउनलाई। उसको आवाजमा पिडा र विछोड सिवाय मैले अरू केही महसुस गर्न सकिन। फेरी उसले भन्यो दाई एकछिन कुरा गर्नू मिल्छ? अनि मैले जवाफमा अहिले एकछिन पछि अनलाईनमै कुरा गरौँ न ल भन्दै फोन राखिदिय। लगभग आधा घण्टाको अंतराल पछि मैले मैसेंजर खोले, उता आशीषले पहिले नै मैसेज गरेको रहेछ, दाई मैले हिजो हजुरको लुम्बिनी डायरिज पढ़े, हजुरले यस्तो लेख्नु हुन्छ भनेर थाहा नै थिएन। मैले जिब्रो टोकेको ईमो सहित किन राम्रो लागेन भनेर पठाईदिए। उता बाट उसले, दाई मलाई मेरी कान्छुको सारै याद आयो हजुरको पोष्ट पढेर अनि मलाई पनि लेखु लेखु लाग्यो तर अहँ केहि सकिन। दाई हजुर गाह्रो नमान्ने भय एउटा आग्रह गरु भन्यो। मैले उत्तर दिन नपाउदैे, हजुरले मेरो र कान्छुको प्रेम कहानी लेख्दिनु पर्यो, मैसेज गर्यो। जवाफमा, भाई तिमीले मलाई तेती कावेल सम्झियौ, तिमीलाई मुरी मुरी धन्यवाद तर मलाई यो काम सुम्पेर आफ्नो प्रेम कथा फिक्का नबनाउ भनि लेखी पठाय। होईन दाई हजुर सक्नु हुन्छ मलाई बिस्वास छ भनेर लेखी पठायो। मेरो हरेक नाइ को जवाफ मा उ यसरी रिप्लाई गर्थेयो की म नजवाफ भये। अनि अन्तयमा मलाई लेख्न राजी बनाएर छोड्यो तर मेरो मनमा भने पुरै डरले डेरा जमाई सकेको थियो, कसरी लेख्ने, के लेख्ने, तै पनि सुरुवात गरे उसलाई कुरा हरु सोध्दई गए उ जवाफ दिदै गयो यसरि, त्यो दिन मेरो कलेजमा पहिलो दिन थियो। १२ कक्षाको पढाई सकेर म राजधानी पसेको थिय ऊच्च शिक्षाको लागी। क्यालेन्डरले दशैं तिहार सक्काय पनि मेरो मनमा भने चाड बाडको रमझम सकियको थिएन। मलाई प्रष्टै याद छ दाई अशोज १४ गते, त्यो शितल मोसमा एउटा छड्के ब्याग भिरेर म मिनभवन छिरेको थिए। कलेजको पहिलो दिन, साथीहरू कोहि थिएनन, अलि एक्लो महसुस गर्दै अन्तिम बेन्चमा बसेको थिए। अरु विध्यार्थिहरु आउने क्रम जारी थियो। कसैलाई हेरेर मुस्काईदिन्थ्य, कोहि भने आफ्नो परिचय दिदै हात मिलाउन आउथे। कहिले घर नछोडेको मान्छे म, कता कता एक्लोपनले सताईरहेको थियो। तै पनि सम्हालिय आखिर पढ्नु जो थियो मलाई। पहिलो दिन कलेजमा परिचय कार्यक्रम मात्रै भयो। दोस्रो दिनबाट बल्ल पढाईले बिस्तारै रफ्तार लियो। मेरो दिन चर्या विहान कलेज, दिउसो छतमा बसेर पढ्नेमै सिमीत भयो। दिनहरु वित्दै गए, साथीहरू बन्दै गए र तिन, चार जानासँग अलि नजिकिय। कहिले पढाई र कहिले घुमघाममै मेरो पहिलो सेमेस्टर सकियो। म यसै पनि  केटीहरुसँग कम बोल्ने भयकोले केटी साथी खासै बनेका थियनन। तर जब म उसलाई सधै देख्थे खोई मन एउटा आन्नदको आभास हुन्थ्यो। आशिषले भन्दै गयो हो दाई नबोले पनि उसलाई देख्ना साथ मलाई रमाईलो अनुभुती हुन्थ्यो अनि बाच्नु अर्थपुर्ण लाग्थ्यो तर मनको कुरा उसका सामु पोख्न सकिन। तेती बेल सचांर भनौ या प्रविधी यती सरल पनि थिएन। म प्राय मिग चलाउथ्य तर उ खासै प्रयोग नगर्दि रहिछ, त्यसैले सम्पर्क गर्ने बाटो हुदैन थियो। ऊ सँग धेरै नबोल्ने भएकोले मोबाईल नम्बर माग्ने आटँ पनि मैले जुटाउन सकिन। समयहरू बित्दै गय, हामी अलि नजिकियौ कहिले नोटको बाहानामा त कहिले शिक्षकहरुले दिने असाईन्मेन्टका नाममा। हाम्रो पढाईका सिलसिलामा ग्रुप वर्क धेरै हुने भयकोले शिक्षकहरूले ५-५ जनाको ग्रुप बानाईदिनु भएको थियो, हो त्यहि ग्रुप नै हामी नजीकीने खास बहाना बनेको थियो। खोई मेरो भाग्य भनु की संयोग हामि दुबै एकै ग्रुपमा थियौ। ग्रुप डिस्कशन ले गर्दा नै मलाई उ संग बोल्ने आट आएको थियो र एहि बाहानामा हामि धेरै नजिकियौ। सायद त्यो सेकंड सेमेस्टर को बीच तिर थियो, एऊटा कुनै कंपनीमा गएर सर्वे गर्नु पर्ने भयो। हाम्रो ग्रुपले कमलदीमा भएको यूनिलीभरलाई छानेको थियो। भरखर काठमाडौ छिरेका केटाहरू पढाई भन्दा बढि घुमघाममै ध्यान दिन्थ्य त्यसैले कोही फिल्ड जान मानेनन बरू उल्टै मैलाई फाकाई असाइनमेंट सक्याउन प्रेरित गरे, मैले पनि सायद दृष्टी त जाली सोचेर केटाहरूको प्रस्ताव सहजै स्वीकारे। अनि सबै कुरा दृष्टीलाई भने उसले पनी कुनै आनाकानी बिना हामी दुई जाना मात्रै जाउला भनेर उत्तर दिई। उसको यो सहज स्वीकार नै मेरो लागी हिम्मत बनेको थियो र हामी आउने मंगलबार जाने निधो गरयौ। मेरो व्यग्रह प्रतिक्षाको दिन, मंगलबार आईपुग्यो, हामीले पुरानो बानेश्वरमा ठिक ११ बजे भट्ने निर्णय गरेका थियौ। बिहानै नुहाय, भएको अत्तर छरकेर खाना खाई उरि तयार भय। दाई तेती बेला मेरो मन दशैंमा उड्ने चंगा भन्दा कम उडेको थियन। दशैमा बाबु-आमाले नया लुगा किन्दिदा भन्दा बढि म रमाएको थियो। खासममा त दाई मलाई कलेजको असाइनमेंट भन्दापनी दृष्टीलाई भेट्नु थियो अनि मनका कुरा खोल्नु थियो। समयले मैलाई मौका पनी उस्तै मिलएको थियो। जब बानेश्वरको जेब्रा क्रासिंग काटेर म संबिधान सभा हल पुगेको थिय, एकछिन टेम्पो कुरेको पनि थिए तर काठमाडौको यातायात कहा सजिलो थियो र। कुनै पनी टेम्पो खाली नभएसी म हिडेरै जाने निधो गरे। म हिड्दै गरे, रामेश्वर मिठाई पसल, व्हाइट हाउस कॉलेज, रत्नराज्य स्कूल हुदै म भेनस हॉस्पिटल पुग्दा सम्म मनमा अनेक तरंग आइरहेका थिए। बाटोमा देखिने हरेक जोड़ीहरुलाई हर्दै म पनी कुनै दिन मेरी दृष्टीसंग यसरि नै हिड्नेछु भन्दै सोची रहे। कल्पनामा यति सम्म डुवेछु कि अर्को दिशाबाट आएको मानिससंग ठोकिन पुगे। त्यो मान्छेले "आखाँ छैन क्याओ" भन्दै गयो। मैले सरि भनेर आफ्नो बाटो लागे, उस्को गालीको रिसलाई मेरो कल्पनाको संसारले जितेको थियो। म आगाडि बडे, अलि पर एपेक्स कलेज आईपुग्यो, बाटोमा अरू थुप्रै पसलहरू थिय, सबै त अहिले विर्सि पनि सके। तेतीका बाटो हिड्दा सम्म मलाई समयको ख्या नै भयनछ। पुरानो बानेश्वर आउनै लाग्दको मोडनिर जादाँ घडि हेरे, घडि त मेरो कल्पना भन्दा धेरै पर पुगिसकेको रहेछ, चोक पुग्दा म पुरै १० मिनेट ढिला भयको थिय। दृष्टी अगिनै आईपुगेकी रहिछे। उ नजिकै पुगे र हाई ले सम्वोधन गरे उसले जवाफमा "केटी मान्छेलाई कुराउछन् पागल" भनि। मैले सरि, टेम्पो खालीनै पाईन, हिडेरै आउदा ढिला भयो भने। उसले ठिकै छ ल हिड जाउ भनि अनि उहि सानो निलो माईक्रो चढ्यौ र लाग्यो गन्तवय तर्फ। त्यो उसले लागायको निलो कुर्ता अनि छोडेको कपालमा कुनै मोडल भन्दा कम देखिएकी थिईन। तर मलाई त उसलाई मोडल भन्दा पनि मेरो जिवन सिंगार्ने मनकि रानी बनाउनु थियो। अघि भेट्दा उसले सम्वोधन गरेको "पागल" शब्दले मलाई प्रेरणा दियको थियो। माईक्रोमा भिड अति नै थियो, म सम्हालिदै बसे। मैतिदेवीको पुलिस बिट हुदै माईक्रो पुतलिसडक पुग्यो, त्याबाट दाहिने मोडेर घन्टाघर तर्फ गुड्यो। हामीहरु आपसमा युनीलिभर पुगेपछि कस्लाई भट्ने भन्दै कुरा गरिरह्यौ। यतिकैमा कमलादिको गणेशथान आईपुग्यो अनि मैले आखाँ चिम्लेर भगवान सामु उसैलाई मागे। उसले देखिछ क्यार "खुबै धार्मिक रहीछौ त" भनेर भनि। मैले होईन यतिकै भगवानको दर्शन गरेको भनेर टार्न खोज्दै थिय उसले अनी दर्शन नि अजकाल आखाँ चिम्म गरेर गर्छन भनेर ब्यङ गरिहाली, मैले कुरा लुकाउन सकिन, मुखबाट मनोकामना पुरा होस भनेर मागेको भनेर निस्कि हाल्यो। अब त उसले अरु प्रश्न गर्दिन सोचेको थिए तर उसले फेरी प्रश्नको झटारो हानि भनन के माग्यौ। भन्न त मलाई तिमीलाई नै मागेको छु भन्ने मन थियो, धन्न यो चाहिँ मनमै अडियो र परिक्षामा राम्रो अँक आवोस भनेर मागे भनि टारे। कुरै कुरमा अल्झिदा हामी त्रिचन्द्र कलेज पुगेछौ। हतार हतार माईक्रो रोक्न लागायर हामी ओर्लियौ। उसले गिजाउदै भनि "के हो केटिसगं हिडेपछि और्लिने ठाऊँ नै याद गर्न छाड्यौ"? लाग्न त मलाई त्यो यात्रा कहिले नटुटोस भन्ने भएको थियो। लागिरहेको थियो कि ऊ यसै गरि जिवनभर म सँगै बसोस अनि मलाई मायाले बिहान बिहान बेडमा चिया ल्याएर बुडो उठिस्यो बिहान भैसक्यो भनोस। एक मनले धत् ऊल्लु सोच्न पनि के के सोच्छस् भन्यो तर अर्को मनले भने नसोची केही पुरा हुन्न, सपना देख्न नछोड भन्यो। हामी आएकै बाटो फर्कियर अहिले हिमालयन बैकंको हेड अफिस भयको बाटो हुदै पुग्यौ हेरिटेज प्लाजा, युनिलिभरको अफिसमा। त्याँ पुगरे गेटमै बस्नु भयको दाईलाई हामि आउनुको उद्देश्य बतायौ र उहाँले हामीलाई एक जाना सरकहाँ पुर्यायीदिनु भयो। दुवैले नमस्कार गरेपछि केही बेरको कुराकानी पछि हामीले तयार पारेका प्रश्नहरू सोध्यौ र धन्यवाद टकर्याउदै विदा भयौ। घडिले साढे एक बजाईसकेको थियो। बाहिर निस्केर मैले दृष्टीलाई अब घरै त जाने होला नि होईन भनेर सोधे। मनमनै त लागिराथ्यो कि उसले हुन्छ नभनोस किनभने मलाई उसको त्यो साथ आनन्द लागेको थियो। मलाई जिवनमा पहिलो चोटि त्यस्तो अनुभव भएको थियो। लागिरहेको थियो मनभरिका सारा कुरा त्यहि भनु अनि उसलाई सदाका लागि अफ्नो बनाऊ, तर यो डरले भरियको मन खुल्नै सक्दैनथ्यो। साच्चै भन्नु पर्दा मलाई छुट्टिनु नै मन थियन। खोई उसले मेरो मनको कुरा सुनी वा उसलाई पनि मलाई जस्तै भएको थियो वा साच्चै उसलाई काम थियो, उसले मख्खन गल्लि जाऊँ न भनि। मैले भित्र भित्र ठुलै युद्द जिते जस्तो महसुस गरेको थिय। हामी हिडेरै त्रिचन्द्र कलेज पुग्यौ, अनि प्रहरी हेडक्वाटर हुदै जमलको पुल चढ्यौ र लाग्यौ मख्खन गल्लि तिर। यति भन्दा भन्दै आशिषको म्यासेन्जरले "एक्टिभ यगो १५ मिनेट" देखायो। घडिले ११ बजाउने तरखर गर्दै थियो, एकछिन उसलाई कुरे तर फेरी उ अनलाईन आएन अनि म पनि सुत्ने तरखर गरे र उसालाई सरप्राइज दिन उसको अनुमति बिना पोष्ट गरिदिय। #क्रमश:
#केशब_ज्ञवाली

Tuesday, May 2, 2017

लुम्विनी डायरिज

‌लुम्विनी_डायरिज
बिदाको दिन आंखा पनि आफै खुल्दो रहिछ। ६ बजे नै उठे, फ्रेश भए, नहु पनि किन आज मलाई मेरी सानू भेट्नु आउदै थी। उ मायादेवी पुगिसकेकि रहिछे, रिसाएको लवजमा फोन गर्दै भनि "टाईममा कहिले नपुग्ने है"। उसको यति वाक्य पछि फोन कट्यो, सायद उसैले काटि होली। म पनि हतार हतार कोठाबाट निस्के, भरखर बैनिले किन्देको रेबनको चस्मा, खैरो टिसर्ट र ब्लु जिन्समा। बाहिर पानी सिमसिम परिरहेको थियो, चिसोले मलाई छिटै असर गर्ने भय पनि छाता बोकिन यसकारण कि मलाई पानीमा भिज्न आन्नद आउथ्यो। लगभग एक मिनेट जतिमा गेट नँ ५ मा पुगेँ। बाटोमा धेरै जोडीहरु खुसी देखिन्थ्य। तर तिनै जोडी र तमाम मान्छेहरुका बिचमा मैले बच्चा बेला स्कुलबाट पिकनिक आउदा देखेको शरिर भन्दा खुट्टा ठुलो भयको उहि मान्छे विह्ल चियरमा सहयोगकालागि याचना गरिरहेको थियो। यस्ता कुराले कहिले नपग्लिने मेरो मन खोई आज कुन बतासले छोयो, खल्तिबाट बिस रुपैया निकालेर दिए। मनमनै सोचे म सोनोमा आउदाको लुम्विनी र ठुलोमा आऊदा सम्म यस्ले थुप्रै अनुहार फेरेछ, यहाका मान्छेहरु मान्छे बाट साहु भयछन् तर अहँ त्यो माग्ने दाईमा केहि परिवर्तन देखिन। सायद भगवानेले पनि गरिव र आसहायलाई नै हेप्दो रहेछन्। फेरी मेरो फोन बज्यो, सानुको थियो, उठाउन नपाउदै "म फर्किए" भन्दै फोन राखी। फर्किन त कहा सक्थि र माया गर्ने पाकि छ अनि घुर्कि लगाउछे मोरी, मनमनै सोचे। म हतार हतार मायादेवी मन्दिर पुगे, राजेश हमालले फिल्ममा धुलो उडाए सरिको बाटोमा आजकाल राता टायल(सायद) बिछ्याईछन् अनि जुत्ता चप्पल् राख्ने ठाऊ व्यवस्थित भएछ। जुत्ता खोल्दा खोल्दै सानूलाई देखे, मेरो एक आखरको सानुमै उसले मलाई देखी अनि नाक खुम्च्याउदै रिसाएको जस्तै गरि मतिर आई। किन रिसाएकि म आए त भनि नसक्दा उसले जहिले यस्तै गर्ने भन्दै मलाई प्याट पिटी अनि छाता ओड्नु पर्दैन भन्दै गाली गरि। यतिकैमा उस्को रिस सकिसकेको थियो, म जो उस्को अगाडी थिए। हामी मन्दिर जान अघि बड्यौ, प्रवेश द्वारमा नाम र ठेगाना लेखे अनि मायादेवी मन्दिर परिसर भित्र पस्यौ। पानि परेको भयर बिच्छ्यायको कार्पेट पुरै भिजेको थियो, त्यसैले हामी टायलमाथी बाट हिड्यौ। मरो मानसपटलमा भने पहिलेको लुम्विनी घुमिरहेको थियो र सानुलाई भने कति राम्रो भएछ है अहिले, उसले पनि "खोई मलाई के थाहा, तर यो भन्दा राम्रो त हजुर होइसिन्छ" भन्दै मतिर हेरि। मैले पनि मन्द मुस्कान दिए, आखिर आफ्नो तारिफ जो पाएको थिए। हामी भित्र पस्यौ, मुलद्वारमैै लेखिएको "कृपाय शान्त रहिदिनुहोला"ले मलाई कचतकुताई रह्यो। एक फन्को मारेपछि भगवान बुद्ध जन्मेको ठाउँ हेर्यौ अनि यत्र तत्र छरियका पैसा देखेर विकास कोष सम्झिय र त्यहाका कर्मचारि। हामी पोखरी घुम्यौ, त्यहाका कछुवा हर्यौ, त्यो बुढो रूख अझै पनि तन्नेरि नै देखिन्थ्यो। मलाई याद छ सानोमा तेहि रुखको विचबाट सास नफेरी छिर्यौ भने मनोकामना पुरा हुने आशमा गरेको त्यो बालापन, तर अहिले बन्द गरिएको रहेछ अनि आशोका पिल्लर हेरेर बाहिर निस्कनै लाग्दा उसले मालाई तानेर एउटा सेल्फि लिउ न भनि अनि आफ्नो ओठ चुच्चो पार्दै हजुर भन्दा म राम्रो भन्दै जिस्काई, मैले पनि भय भरको कृम दलेसी हन्नत भन्दै मुस्काईदिए। उ मेरो हात समाउदै हिडीरहेकी थिई अनि गफिदै थिई जसरि हामी सदियौ पछि भेटिएका छो। जुत्ता लगाएर हामि शान्ति दिप तिर लाग्यौ, बाटै भरि "ए भैया, ए भैया, कुछ खाया नहि हे" भन्दै माग्नेको कमि थिएन। एउटाले त खुट्टै समायो १० रुपैया दिय पछि बल्ल छड्यो। मनमनै सोचे विदेशीहरु याहाको बारे के सोच्लान यो सब देखेर अनि सरापे विकास कोषलाई तर सतीको श्राप लागेको यो देशमा अरुको श्राप फिक्का हुदो रहेछ र मरो पनि व्यर्थै गयो सायद। यतिकैमा शान्ति दिप हर्दै सानुले हाम्रो मायापनि सधै यस्ते रहिरहोस है भनि, मैले पनि यो भन्दा अझ गाडा हुन्छ भन्दै स्टिमर चड्न थाल्यौ। जव जव स्टिमर कोल्टे परे जस्तो गर्थेयो उ मलाई जोडले समाउथि अनि मलाई उस्को म प्रतिको विश्वासको आभास हुन्थ्यो। अलि पर पुगे पछि उस्ले थुप्रै फोटाहरू खिची। स्टिमरबाट ओर्लिना साथ उसले केहि खुवाईस्यो न भोक लाग्यो भनि अनि हामी रेस्टुरेन्ट तिर लाग्यौ र अर्डर दिन थाल्यो। सोचे मायाले जिन्दगी अर्थपुर्ण हुदो रहेछ चाहे त्यो आमा-बाबाको होस चाहे दाजु,भाई,दिदी,बहिनीको वा चाहे सानुकै जस्तो। बाटो भरिका ति मान्छे सम्झिय, सुकिला-मुकिला, झुत्रे-झाम्रा सबै कसै न कसैको मायाको लागि बाचिँ रहेका थिए र त संसार सबैका लागि रमाईलो छ। चिसो मौसमलाई सूर्यले धाबा बोल्दै थियो सानुले पानी मलाई घर छिटो जानू पर्छ अरु ठाउ पनि घुमाईस्यो भन्दै रेटुरेन्टबाट निस्कन आग्रह गरि म पनि बिल तिरेर उसलाई घुमाउन तर्फ लागे, उ पहिलो चोटी जो आएकी थिई। उसलाई पुरै घुमाई दियर गाड़ी चडाईदिय, मुख निन्याउरो पार्दै सिटमा बसि। गाडिको आकृति धमिलो हुदै गयो तर सानुका बाई-बाई गरेका हातहरु प्रस्टै थिय। सायद माया यही हो।
#लुम्विनी_डायरिज
#केशब_ज्ञवाली