Monday, July 31, 2017

बुद्ध जयन्ति विशेष

बिहान बाटै चहल पहल अलि बढि नै रहेछ। यसै पनि बिदाको दिन अलिक बेर सम्मै सुतिने बानि अझै सुद्रेको थियन। स्मार्ट भनेर किनेको फोनलाई पनि आज अल्छि लागेको रहिछ क्यार खोई अलार्म बजाएन। मैले गाली पनि गरिन बरू उल्टै धन्यवाद दिदै समय हेरे, ८:३० भैसकेको रहेछ। एकमनले सोचे "साच्चै मोबाईल स्मार्ट नै रहेछ", बिदाभने पछि उसले डिस्टर्ब पनि गरेन। झ्यालको पर्दा उघारेर हेरे, मधुर स्पर्श दिदैं घामले पनि "अब त उठ्" को संकेत दियो। मैले आज्ञाकारि भएझै उसको ईसारा माने अनि उठेर फ्रेश हुनतिर लागे। नुहाई, धुवाई गरेर लागे म पनि त्यो पावन भुमी जाहां भगवान बुद्धले जन्म लिएका थिय। बाटो भरि मान्छे थिय। सधै जसो सुनसान रहने यहाकाँ बाटाहरुमा मानिसहरू ठाटिदै हिडिरहेका थिय अनि उस्तै भिड थियो रेष्टुरेन्टहरुमा। हो आज याहाँका व्यवसायीहरूको दशै थियो। साच्चि नै यो चहलपहल देख्दा मलाई बल्ल बुद्धको जन्म भुमिले माया पायको जस्तो भान भयको थियो। मानिसहरू अनेक थरिका कुरा गर्दै हिडिरहेका थिय। कसैलाई घामको स्पर्श बढि भएको थियो, कसैलाई मान्छेहरूको भिड कम भएको थियो,कसैलाई बाटोको धुलो बढि भएको थियो अनि कसैलाई समयको। आगाडि बढ्दै गरे, बच्चा, बुढा, तन्नेरि सबै खालका मान्छेहरू थिय। सबैमा एउटा छुट्टै जोस थियो। सायद बिदाको दिन घुम्न पाएर पनि उनिहरु हर्षित थिय। मनमनै भने" यस्तै जोस हाम्रा देश बनाउन जिम्मा लिएकाहरूमा भैदिय" तर दुर्भाग्य हामी नेपालीको, काहाँ त्यस्ता नेता पाउनु। बरू जनताले दुख गरेर कमाएको पैसाले तिरेको करबाट उनिहरूको उपचार गर्दै ठिक्क थियो। कल्पनामा डुब्ने आफ्नो बानि देखेर कहिले काहि आफै सँग रिस लाग्थ्यो तर आफै सगँ रिसायर काहा सकिन्थ्यो। यत्तिकैमा बुद्धका वाणी सम्झिय अनि रिसलाई मारेर अगि बढे।
मैले काम गर्ने संस्थाको आज पानि वितरण गर्ने कार्यक्रम थियो, ढिला नगरि सिधै तेतै लागे। सबैजाना पुग्दै हुनु हुदो रहेछ। कार्यक्रम त सुरू भसकेको थियो। म पनि सरिक भयो। बिहानको मौसमले शितलता दिय पनि खोई दिउसो तिर भने उ अलि अराजक भएको थियो। सायद उसको कानमा बुद्धका सन्देश पुगेका थियनन् क्यार। यत्तिकैमा एक हुल आयो, त्यो गर्मिमा सबैले खोज्ने नै पानी थियो, सबै जानालाई पानी दिय अनि "धन्यवाद" र "मुस्कान"का साथ भित्र लाग्नु भयो। यो क्रम जारि थियो। यस्तो पुण्य कर्म गर्न पाएकोमा आफै पनि खुशी थिय। त्यो गोलो अनुहार, मिलेको शरिर अनि हर्दै माया लाग्दो त्यो उसको रूप मेरो आखामा पर्यो। एकछिन त उसको र मेरो हेरा हेर नै भयो। सायद उसलाई पनि गर्मिले सतायको थियो। उ टक्क मेरै आगाडि उभिई, हल्का मुस्काउदै सोधे "पानी पिउने" उसले पनी हुन्छको भाव दिदै टाउको हल्लाई र मैले पानी दिय। साच्चै उसलाई तिर्खा लागेकै रहिछ, पुरै बोत्तल पानी सक्काई। थकित अनुहार जस्तो भयकि उ छेउमै राखेको कुर्चिमा बसिरही। मैले अरू मान्छहरुलाई पानी पिलाउनुमा नै व्यस्त थिय। लगभग १५मिनेट पछि यसो पछाडी फर्किय, ऊ त्यही रहिछे। उ पनि मुस्काई अनि म पनि। लाग्यो संसारमा सबै भन्दा सजिलो र सबैले बुज्ने भाषा भनेको मुस्कुराउनु नै रहेछ। उ त्यसरी त्याहाँ बसिरहनुले मेरो मनमा अनेक कुराहरू उठेका थिय। एकैछिनमा उसले "Excuse Me" भनेर बोली अनि मैले "Yes Please" भन्दै उ तिर फर्किय। उसलाई पनि पानी बाड्नु मन लागेछ क्यार, भनि "If you don't mind, May I help you" मैले कुनै ढिला नगरी हुन्छ भनिदिए। उ सरिक भई। मलाई उसको त्यो बोलिले छोईसकेको थियो अनि त्यो उसको भावले पनि। पानी बाड्ने क्रममा उसले मलाई नाम सोधि। यत्तिकैमा उसका साथिहरू आईपुगे अनि "जान्छु ल, Have a good day" भन्दै मायादेवि तिर लागी। उ अलि पर पुगेपछि बल्ल सम्झिय "मैले त उसको नामनै सोध्न बिर्सेछु"। आफैलाई फेरी गाली गरे। मनमा अनेक कुराहरु खेलिरहेका थिय। कानमा उसको त्यो बोली गुन्जिरहेको थियो। तर म सँग कुनै माध्यम थियन उसलाई फेरी भेट्ने। मन खिन्न पार्दै कोठा तिर लागे। एकछिन रेष्ट गरेर साझँपख मायादेवी घुम्न निस्किय। त्यहाँको सजावटले मेरो मन छोयको थियन। विश्व सम्पदा सुचीमा रहेको यस्तो पवित्र ठाउको त्यो सजावट एकदमै फिक्का थियो। लाग्यो यो भन्दा राम्रो त आजकलका पार्टि प्यालेसको सजावट हुन्छन। तै पनि यो पावन अवसरमा दुई चार वटा फोटो लिय। हरेको ठाउ घुम्दा उ कतै भेटिन्छेकि भन्ने आश थियो। तर सायद उ फर्कि सकेकी थिई, कतै फेला पारिन। म पनि साझँ पर्नै आटेको थियो त्यसैले कोठा फर्किय। एकैछिन टिभी हेर तर मेरो मानसपटलबाट उ हटेकी थिईन, यसै पनि म सँग कुनै विक्लप थियन अनि त्यो उ सगँको भेटलाई एउटा मिठो सम्झना मानेर विर्सिदिय।
लगभग आधा घन्टा पछि फेसबुक खोले, नोटोफिकेसनको आवाजले एकाएक मेरो मन तरगँङित भयो। यसै पनि कमै फ्रेंड रिक्वेस्ट आउने मलाई त्यो साझँ मेरो फेसबुकमा नयाँ रिक्वेस्ट आयो। हेरे रिक्वेस्ट उसैको रहेछ। भरखर पानि परेर खुलेको आकाश जस्तै सुन्दर त्यो वान पिसमा सजिएकि उनको प्रोफाईल पिक्चर। आज त्यो फेसबुकको एक्सेप्ट बटनको माया म बयान गर्न सक्दिन, हतार हतार एक्सेप्ट गरे। तर अझै पनिम मा बोल्ने आटँ आएको थियन तै पनि "Hi" सहित "Thank You" लेखेर पठाय अनि उसको रिप्लाईको प्रतिक्षामा बसिरहे।

Friday, July 7, 2017

खोजिरहेको उत्तर ( भाग_२ )

दुई दिन पछि मात्र आशिषको म्यासेज आयो, "दाई नमस्ते, अनि अस्तिकोलागी सरि पनी है"। मैले पनि उसको सरि सहजै स्विकारे। उसले मैले पोष्ट गरेको पढिसकेको रहिछ, भन्यो "दाई हजुरलाई धेरै धन्यवाद, हजुरले लेखेको पढ्दा मलाई मेरी कान्छु मसँगै भएको महसुस गरे, धेरै धेरै धन्यवाद दाई"। मैले धैरे कुरा नगरी सिधै सोधे," अनि तिम्रि कान्छुलाई मख्खन गली किन जानु रहेछ त"? एकछिन त लाग्यो "कत्ति मतलबी भएछु, सन्चो विसन्चो पनि सोधीन"। उसले सबै भन्दै गयो, मख्खन गली घुमेको, खाजा खाएको अनी उसलाई कोठा सम्म पुर्याएर बिदा गरेको।
हो दाई मेरो मन पनि उसको त्यो घुम्न जाने कुराले कता कता बरालिएको थियो। एक मनले भन्दै थियो, " हो आशिष, दृष्टीलेपनि तलाई मन पराउछेँ नत्र भने पहिलो भेटमै किन तँ सँग घुम्ने प्रस्ताब राखि त"? जब मलाई मेरो मनले सानत्वना दिन्थ्यो, उ मेरै हो भन्ने आभास दिलाउथ्यो, तेती नै बेला उ दोधारे पनि भईदिन्थ्यो अनि मेरा सारा सपनामाथि आगो लगाई दिन्थ्यो। तै पनि मैले आफुलाई सम्हालथ्ये, आफ्नै मनलाई गाली गर्थे अनि उसकै बारे सोचथ्ये। जमलको आकाशे पुल चढ्दै गर्दा उसको जुत्ता सिढीमा अल्झन पुग्यो, उ लड्नै लाग्दा उसले मलाई मेरो हातमा च्याप्प समाई। अनि तुरुन्तै हात छोड्दै "सरि है आशिष" भनी। कता कता त्यो सरिले मेरो मनमा ठेस पुर्याएको थियो। तर त्यो "सरि"ले भन्दा मलाई उसको मुखबाट उच्चारण भएको मेरो नामले शितलपन दिएको थियो अनि आफ्नो पन पनी। मन फुरुङग भएको थियो। "चोट त लागेन नी" भनेर सोधे? उसले पनि "तिमी नभएको भए लाग्थ्यो, सायद" भन्दै मुस्काई। " तिमी हुन्छ मात्र भन, "जिन्दगीभरि साथ दिनेछु अनि हरेक चोटमा मल्हम बन्नेछु" भनेर भन्न मन थियो तर सकिन अनि म पनि मुस्काईदिय। हामी अगाडी बड्यौ, एकै छिनमा ईन्द्र चोक पुग्यौ, मलाई लस्सी मन पर्ने भएर उसलाई सोधे, उसले पनि " वाऊ, लस्सी!!! ईट्स माईन फेवरेट" भन्दै खाउँ खाउँ भनि। हामिले लस्सी खायौ, दृष्टीले त दुई ग्लास पिई। दाई जब जब उसको र मेरो कुरा मिल्थ्यो, मलाई एउटा छुट्टै आनन्द आउथ्यौ, लाग्थ्यो भगवानले उसलाई मैरै लागी बनाएका हुन्। हामी अगाडि बढ्यौ, विशाल बजार जाने बाटो तिर। बाटोमा थुप्रै मान्छेहरु हिडिरहेका थिय, कसैलाई कसैको पनि मतलब नै थिएन। कोई कोई त यति हतारमा देखिन्थिय कि, लाग्थ्यो,  उनिहरुलाई मृत्युले लखेटीरहेको छ। त्यै भिडको जमातमा अल्लारे ठिटाहरु पनी थिय। हामिहरू हिड्दै गर्दा एउटाले भन्यो "ओय!!! हेर त क्या च्वाक केटी रहिछे यार"। दाई त्यो बेला मेरो मन तरंङित भएको थियो, हो साच्चै नै मेरी दृष्टी संसारकै सुन्दर थिई। तर मलाई खुसी भन्दा पनि रिस उठिरहेको थियो, तर सम्झे यनिहरूको पछि लाग्नु भन्दा तर्किनु नै बेस। हामी हिडीरह्यौ। दृष्टीलाई अलिक अप्ठ्यारो लागेछ क्यार, आफ्नो खुट्टा छिटो छिटो चाली। सोचे, थुक्क मेरो समाज, यहाँका मानिस अनि तिनको व्यवहार। मलाई आफ्नै देश, त्यसमाथि राजधानीको त्यो सभ्य ठाउँमापनी अप्ठायारो महसुस भएको थियो। सोचे ति हरेक दिन आउने आफ्नै चेली बेचिएका समाचार अनि महिला प्रति हुने हरेक हिसांका कुरा, मनमनै छि कस्ता कपुतहरूलाई जन्म दिईछिन् मेरी आमाले भने, तर लाग्यो ति मेरी नेपाल आमाकी सन्तती थियनन् नत्र आफ्नै दिदी बहिनीलाई कस्ले तेती तुच्छ र निच व्यवहार गर्छ। यतिकैमा मख्खन गल्लि आईपुगेछ, म सोच्दा सोच्दै सिधै अगाहि हिडेछु, उसले "आशिष!!! यता" भनेपछि मेरो सोच भंग भयो। मख्खन गल्लिको मुख निरैको पसलमा दृष्टी टक्क अडिई। सोधे "के लिनु छ तिमीलाई"? उसले "एउटा हेयर ब्यानड अनी किलिप्प" भन्दै तिमिले पनि गर्लफ्रैंड लाई लगिदिने भय हेर है भनेर गिजाई। म केहि बोलीन, उ छान्दै गई। यतिकैमा एउटा हेयर ब्यान्ड लागाउदै, "कस्तो देखीयो" भनेर सोधि। मलाई अघि उसको कुराले अलिअली रिस उठिरहेको थियो त्यसैले भनिदिय "मलाई के सोध्छौ, आफ्नै बॉयफ्रेंडलाई सोधन" भनेर उत्तर दिय। फेरी उसले "नजिस्कन, भनन पिल्ज कस्तो देखियो"? भनि। त्यो खुलेको सिल्कि कपाल, सुन्दर अनुहर अनि मिलेको जिउडाल। हो दाई उसलाई जे लागाउदा पनि सुहाउथ्यो। उ कुनै अप्सरा भन्दा कम थिईन। उसले रोजेको त्यो रातो रगँको ब्यान्ड अति नै सुन्दर देखिएको थियो, अनि भने "तिमी जस्तै राम्रो देखिएको छ"। उसले मुस्काउदै लिय है तिम्ले मनपराको भनेर पसलेलाई पैसा तिरी। यसो घडि हेर्दै दृष्टिले साढे दुई भईसकेकछ,"अब फर्किऊ है" भनि। उसगँ एकछिन बसन्तपुरमा बसेर कुरा गर्ने मन हुदा हुदै पनि "हुन्छ घर जाऊ अब" भने अनि लाग्यौ गाडि लाग्ने स्थान तर्फ। मख्खन गल्लिबाट निस्केर न्युरोडको बाटो हुदै हामी काठमाडौं मल अगाडि पुग्यौ। न्युरोड गेट पुग्नै लाग्दा उसले "पुस्टकारी लैजाउ है" भन्दै नजिकैको पसलमा पसि। आधा किलो पुस्टकारी किन्दै आफ्नो ब्यागमा हाली। मलाई उसगँ धेरै बोलु, कुराहरु गरु जस्तो हुन्थ्यो तर उसको अगाडी मैले बोल्ने कुरा नै पाउदैन्थ्य। भित्र भित्र मलाई त्यो बाटो आज नटुङगियोस जस्तो भईरहेको थियो तर मेरो कुरा सुन्ने कोहि थिएन। हामी काठमाडौ मल अगाडि पुग्यौ, एकछिन कुर्दा कुर्दै सिनामगंल पुल जाने हायस आईपुग्यो। वास्तवमा हायस नभए पनि त्यसको बनाओट उस्तै थियो। हामी ओर्लिने स्थान टाढै भयकोले अन्तिम सिटैमै बस्यौ। माईक्रो एकै छिनमा भरियो अनि सहचालकको ईसारामा गुरुजीले गाडी अगाडी बडाउनु भयो। गाडिमा मानिसहरु टना टन थिय, बस्न एकदम असजिलो भैरहेको थियो।नयाँ बानेश्वर ओर्लियर पहिलेको के एण्ड के कलेज भित्र रहेको रेष्टुरेण्टमा पस्यौ। भोकले सिमा पार गरिसकेको थियो। उसले दुई प्लेट म:म: अनि ससेज पनि भनेर अर्डर गरि। मलाई भने उ सँग बसेर समय बिताउन पाउदा, लागेको भोक पनि हराउला जस्तै भएको थियो। हजुरको अर्डर भन्दै म:म: आईपुग्यो, मलाई भने कति छिटो लियर आको भनेर मनमनै रिस उठिरहेको थियो, तर बोल्न सकिन। दृष्टिले, "मैले त खाय है, एकदम भोक लागेको छ" भन्दै खान सुरू गरि अनि मैले पनि खान लागे। म:म: एकदमै तातो रहेछ, उसले तातो सहन नसकेर आसुँ नै झारि। खोई म कति बहकियछु, आफ्नै हातले उसको आसुँ पुछिदियछु। एकछिनपछि बल्ल होस आयो अनि "अगिको लागि सरी है दृष्टि" भने। उसले "किन सरि नि, मलाई त अप्ठ्यारो लागेन" भनेर भनेपछि मनमा शितलताको अनुभुति भयो। खाजा खाई उरी हामी त्यहाँ बाट निस्कियौ। उसलाई "तिमी टेम्पोमा जान्छौ हो अब" भनेर सोधे। "तिमीलाई हतार छैन भने मलाई हिन्दै साथ देउ न त" भनि। मलाई के खोज्छस् कानो, आखोँ जस्तो भैरहेको थियो। मनमा अनेक कुराहरू खेलिरहेका थिय, मनमा उडिरहेको थियो, यसरीकि जसरी अब उसलाई दृष्टिले बाहेक अरू कसैले रोक्न सक्दैनथ्यो। तर पनि उ सँग हिड्न पाएको मौकमा यो सब कुरामा अल्झन मन लागेन अनि उसलाई साथ दिदै वाइट हाउस कैम्पस हुदै सिनमंगल तिर लागे। बाटोमा धैरे कुराहरू गरियो, कति त याद छन्, कति त उसैको साथले गर्दा विर्सि पनि सकेछु। लगभग २०मिनेटको हिडाई पछि उ बस्ने घर छेउ पुग्यौ। "म गए है, हिडेर साथ दिएकोमा धन्यवाद" भन्दै घर तिर लागी अनि "मलाई चाहि साथ दिन्नौ" भनिसक्दा "अहिले बेला भाको छैन, छोरो मान्छे के डर हुन्छ र बिस्तारै जाउ। साझँ अनलाईनमा कुरा गरुला, पुगेर फोन गर है" भनेर घर तिर लागी। आखाँले भ्याउदा सम्म उसलाई हेरीरहे, मोडिने बाटो निर पुगेसी उसले बाई गर्दै ओझेलमा परि। म पनि घर तिर फर्के। फोनमा बोल्न अलि गारो लाग्यो त्यसैले "म पुगे है, साझँ छिटो अनलाईन आउनु" भनेर म्यसेज गरे अनि उसलाई प्रविधीको दुनियमा कुर्दै बसे।
#क्रमश.........

भाग १: click here

Wednesday, July 5, 2017

उनी र म

झरि पर्ने महिना भएपनि बिहानैदेखी सुर्यको चर्को रापले पृथिवीलाई सेकीरहेको थियो। प्राय मानिसहरु घरभित्रै आराम गरिरहेका थिय र सुर्यको रापलाई छल्ने प्रयास गरिरहेका थिय, बाटो नियाल्दा यस्तै सोच आउथ्यो किनभने भिड निकै कम थियो अनि आवत जावत पनि। मलाई भने त्यो रापले भन्दा पनि कान्छुको प्रतिक्षाको हुर्कोले पोलिरहेको थियो। हूनपनि आज धेरै पछि हामी भेट्ने मौका मिलेको थियो, दुवै जनाले मनका कुरा साट्ने बाटो मिलेको थियो त्यसैले त  खुसीको कुनै सिमा थिएन। मन चङासरि उडिरहेको थियो। घडिको सुईपनि ढिला गतिमा चलिरहेको भान भैरहेको थियो। मायामा परेपछि यस्तै हूदोँ रहिछ क्यारे किनभने मलाई कहिले पनि त्यस्तो छट्पटि भएको थिएन अनि मोबाईलबाट उसको नम्बरमा फोन लगाए। फोन ब्यस्त थियो। तिन चोटी सम्म प्रयास गरे, फोन ब्यस्त नै थियो अनि फोन काटे। फोन काटेको ५ सेकेण्डपनि बित्न नपाउदै मेरो मोबाईलको रिङटोनले, फोन आएको संकेत दियो। हतार हतार फोन उठाय, उसैको थियो। फोन रिसिव गर्न नपाउदै, "फोन कहाँ बिजी" भन्दै रिसाय जसरि प्रश्न गरि हाली। "तिमीलाई नै गर्दै थिए कान्छु" भनेपछि उसको रिस कम भयो अनि मायालु स्वरमा "कहाँ होईसिनन्छ" भन्दै सोधि। "तिमीलाई कुरिराछु, निस्किन्छौ कति बेला" भनेर पुरै वाक्य टूङयाउन नपाउदै" हजुर रेडि होईसियो, म पन्ध्र मिनेटमा पुग्छु" भन्दै फोन काटि। म पनि रेडि हुन थाले अनि उसैको फोनलाई कुरेर बसिरहे। ठिक पन्ध्र मिनेट पछि फोन गर्दै " म चौराहा आईपुगे, हजुर छिटो आईस्यौ" भनेर फोन गरि। म उसको फोन राख्नसाथ बाईक स्टार्ट गरेर चौराहा पुगे। ऊ ब्लैकफोरेस्ट अगाडी उभेकि रहिछे, देखी हाले। बाइक पार्किंग गर्दै उसको छेउमै पुगे। मलाई देख्नासाथ उसले अंगालो हाली। मलाई भने अप्ठ्यारो महसुस भैरहेको थियो, अनि "पागल सबैको अगाडि लाज लाग्दैन" भनेर भनिदिए। उ भने उल्टै "मलाई हजुरको माया पाए पछि, दुनियाको चिन्ता लाग्दैन" भन्दै "हिडिसियो भित्र जाम, मलाई भोक लागेको छ" भनेर ब्लैकफोरेस्ट भित्र लगी। हामि भित्र पस्दा प्राय सबै मायालु जोडीहरु बसिरहेका थिय। अन्तिमको सिट खाली रहेछ, हामी त्यहिँ बस्यौ। उ पनि म नजिकै आएर बसि। मैले उसलाई केहि नसोधि म:म मगाय अनि उसलाई मन पर्ने ब्लैकफोरेस्ट पनि। हजुर त मोटाईसेछ भन्दै आफ्नो मायाको भाव व्यत्त गरिरहि। हामि कुरामै मस्त थियौ। थुप्रै मानिसहरू आउने जाने क्रम चल्दै थियो तर हामिलाई भने त्यो पल प्यारो लागिरहेको थियो अनि मनका कुरा साट्नमै व्यस्त थियौ। यतिकैमा हाम्रो अर्डर आईपुग्यो। उसले म:म भन्दा भनि केक तिर हात लम्काई अनि खान थालि। उसले म:म नखाएको देखेर, "म:म किन नखाकी" भनेर सोधे अनि "म डाईटिङमा छु, हजुरलाई खुवाईदिन्छु" भन्दै मलाई खुवाईदिई। मलाई त्यो क्षण एकदमै प्यारो लागिरहेको थियो। भित्र भित्र आफु बच्चा जस्तो अनुभुति भैरहेको थियो। सोचिरहेको थिय, आज समय यहि रोकियोस् अनि हामी यस्तै मायाको वातावरणमा हराई रहन पाउँ। म सोचमा डुबेको देखेर उसले "के भयो? आफ्नै हातले खुवाईदिएर मख्ख परिसियो क्या" भन्दै जिस्काई। म मन्द मुस्कानले उसलाई उत्तर दिय अनि "आजकल केकले मान्छे दुब्लाउदो रहेछ है" भन्दै जिस्काए। उसले उठ बटारदै म तिर हेरी। म:म र केक सकिसकेको थियो, अनि हामी बाहिर निस्कने निर्णय गर्यौ। दुवै जना त्यहाबाट निस्कियौ। कता जाने रहर छ त कान्छुको, पेट त अब भरियो होला केकले भनेर फेरी जिस्काई छाडे। "हजुर पनि" भन्दै मायाले ढाप मारी। हामी यसै पनि कमै मात्रमा भेट्थ्यौ, दुवैलाई कोलाहल, भिड तेती ठिक लाग्दैन थियो, त्यसैले प्राय शान्त ठाऊँ हाम्रो रोजाईमा पर्थ्यो। हामी दुवै सोचमा डुब्यौ, मैले मौनता तोड्दै सिद्बबाबा जाने भनेर प्रस्ताव राखे। उसले तेती सुन्न नपाउदै "के बिहे गर्ने बिचार छ क्यो" भन्दै भनि अनि मैले नि "यसरि त के बिहे गर्नू, बिहे त पन्चे बाजा सहित तिम्रो घरमै आएर गर्छू" भनेर मुस्काईदिय। एकैछिनमा "फुलबारि जाउँ न बरु म गाकै छैन" भन्दै ईसारा गरि। म उसकै ईसारा अनुरूप लागे। बिस्तारै अगि हिड्दै थियौ। बोटोमा सवारि साधनको चाप देखेर अच्मित परे। मिलनचोकमा जाम हुन थालेछ। मानिसहरुको विलासिपनलाई सम्झे, विग्रिदो स्वास्थ अनि वातावरणलाई। तर आफ्नो सहर विकासित र आधुनिक भएको देख्दा कता कता खुसी लागी रहेको थियो। पछाडिबाट उसले खोई के के भन्दै थिई, मैले राम्रो सँग सुनिन। हामि अगाडि बड्दै गयो, नयाँबसपार्क, हस्पिटल लाईन सबैले आफ्नो मुहार फेरेछन। मनसपटलमा बच्चा बेलामा बसपार्कमा साईकल कुदायको सम्झना आयो। ति दिन सम्झदा मनमा खुसीको आभास भयको थियो। वितेका दिन सम्झिदै हस्पिटललाईनबाट देब्रे हुदै नेपालगन्ज रोड तिर लागे। त्यो ठाउको पनि मुहार फेरियको रहेछ। तिनाउ पुल हुदै हामि गन्तव्यमा पुग्यौ। हामि पुग्दा पुग्दै फुलबारी बन्द हुनै लागेछ। टिकट काउन्टरका एक जना दिदीले जानेभए १५मिनेट छ है भाई भन्दै ईसारा गर्नुभयो। "१५ मिनेटमै फर्किनु पर्ने भित्र नजाम, होस छोड्दिसियो, बरु ऊ त्याँहा चौपारीमा बसौ" भन्दै मलाई चौपारि तिर लगी। साच्चै नै त्यो ठाऊँ शहरि कोलाहल बाट मुत्त थियो अनि मानिसहरूको आवतजावत पनि कम थियो। हामि त्यहि चौपारीको पर्खालमाथि बस्यौ। उ मेरो काधँमा आफ्नो टाउको ढल्काई कुरा गर्दै थिई। म पनि उसका मायाका कुरा सुन्दै आन्नद लिरहेको थिए। उसले हामी नभेटेकादेखीका सबै कुरा भन्दै गई अनि म उसलाई सुन्दै। उसको बोलीमा पुरै मायाको आभास पाईराखेको थिय। लागिरहेको थियो यस्तो माया गर्ने मान्छे हरेकले पाओस, अनि त जिन्दगीमा कसैले दु:ख सहनु पर्दैनथ्यो। त्यहि सोचमा डुब्दा डुब्दै चौपरिबाट देखिएको बुटवलको मनोरम दृश्य हेरे। जति कोलाहल भए पनि शहर हेर्दा एकदम मनोरम लागिरहेको थियो। मलाई झस्काउदै "कहाँ हराको" भन्दै गाली गरि, "त्यो दृश्य हेर, तिमी अनमियर आउने घर उ त्याहाँ छ" भनेर जिस्काए। उ भने जिस्किने मुडमा रहिनछ, मिठा मिठा कुरा गरस्यो न, कति दिनमा भेट भाको छ भन्दै फेरी आफै कुरा सुरू गरी। यसपाली भने ध्यान पुर्वक उसका कुरा सुन्दै गए अनि जवाफ दिदै गय। साझँ हुन लाग्दै थियो, घामले पनि बास खोज्न लागे जसरि हराउदै थियो। मन त थिएन तै पनि, हामी पनि अब छुटिने निर्णय गर्यौ। फुलबारि गेट आगाडि पार्किङमा राखेको बाईक निकालेर स्टार्ट गर्दै उसलाई बस्नलाई ईसारा गरे। हामि त्यो ठाउ छाडेर घर तिर लाग्यौ। उसलाई घर सम्म पुर्याउनु थियो अनि मलाई फर्किनु पनि थियो। बाईक अलि स्पिडमै कुदाईरहेको थिय। पछाडिबाट "कति हतार हो छुटिनलाई" भन्दै गाली गरि। उसको त्यो बोलीमा छुटिनु पर्दाको पिडा झल्किरहेको थियो। तेती बेला मैले उसको मायाको भरपुर आभास पाएको थिय। उसलाई छुटिनु मननै थिएन तर समय तेस्तै थियो। हरेक बोलीमा माया झल्किरहेको थिय। लगभग २५ मिनेट जतिमा उसको घर आईपुग्यो। मैले चोक सम्मै छोड्दिने निर्णय गरेर बाईक रोकी हाले। यतिकैमा उसले प्रश्न तेर्साईहाली "किन बाईक रोकिसेको, मलाई घर सम्मै पुर्याईदिसो"। उसैको ईच्छा अनुरूप घर अगाडि सम्म पुर्याईदिए। बाईकबाट झर्दै गर्दा उसका आखाँ रसाईसकेका थिय। उ सँग छुटिननु पर्दाको पिडा त मलाई पनि थियो तर मनलाई सम्हाले अनि उ सँग बिदा मागे। उसको बोली लरबराई सकेको थियो। "पुगेर फोन गर्सियो है" भन्दै बाई बाई गरि। म पनि बाईक फर्कायर "बाई कान्छु, मन नदुखा, अनलाईनमा कूरा गरुलानि" भन्दै घर तिर लागे। बाटो भरि उसलाई सम्झिय अनि उसको मायालाई पनि.........

Friday, May 5, 2017

खोजिरहेको उत्तर (भाग_१)

[Note: Click here for English Version]

लुम्विनी डायरिज पोस्ट गरेको अर्को दीन सांझ पख मेरो फोनको घन्टि बज्यो। मोबाईल चार्जमा राखेर खाना खान बसेकोले फोनमा खासै चासो दिईन, उसै पनि त्यस्तो महत्वपुर्ण कसैको फोन मलाई आउदैन थियो। फोनी बजिरह्यो एक कल, दुई कल, तिन कल। म अच्म्मित भए यसरी कस्को फोन आयो भनेर अनि कता कता डर पनि लाग्यो कतै केहि त भयन। जुठै हात भय पनि फोन उठाए, नम्बर नया थियो, उता बाट आवाज आयो "दाई नमस्ते, सन्चै हुनुहुन्छ?" कता कता त्यो अवाज परिचित जस्तो लागिरहेको थियो तर अह मैले राम्रो गरि ठम्याउन सकिन अनि जवाफ फर्काए "नमस्ते को बोल्नु भयो होला?" उता बाट म  आशिष, सुने पछि बल्ल चिने तर मेरो मनमा अजै कौतुहलता सकिएको थिएन| कौतुहलता भन्दा पनि म अच्चम्मित भएको थिए, किन भने लघभग  ३ वर्ष पछि उसले मलाई फोन गरेको थियो| हुन त उ र म संगै २ वर्ष एउटै घरमा डेरा गरेर बसेका थिऔ काठमाडौँमा तर मैले काठमांडू छाडेपछी हाम्रो संपर्क पातलिदै गएको थियो।यतिकैमा मैले सोधिहाले "अनि बुहारीको खबर के छ त? उ अली मनीलो स्वर बनाउदै भन्यो "खोई दाई के खबर सुनाउ हजुरलाई, न मलाई थाहा भयो न उसलाई थाहा भयो, खोई कहा बाट कुन बतास को बेग आयो अनि हामि छुटियौ सदाका लागि" मनमनै सोचे ब्यर्थै सोधोछु, उसको मन दुखाउनलाई। उसको आवाजमा पिडा र विछोड सिवाय मैले अरू केही महसुस गर्न सकिन। फेरी उसले भन्यो दाई एकछिन कुरा गर्नू मिल्छ? अनि मैले जवाफमा अहिले एकछिन पछि अनलाईनमै कुरा गरौँ न ल भन्दै फोन राखिदिय। लगभग आधा घण्टाको अंतराल पछि मैले मैसेंजर खोले, उता आशीषले पहिले नै मैसेज गरेको रहेछ, दाई मैले हिजो हजुरको लुम्बिनी डायरिज पढ़े, हजुरले यस्तो लेख्नु हुन्छ भनेर थाहा नै थिएन। मैले जिब्रो टोकेको ईमो सहित किन राम्रो लागेन भनेर पठाईदिए। उता बाट उसले, दाई मलाई मेरी कान्छुको सारै याद आयो हजुरको पोष्ट पढेर अनि मलाई पनि लेखु लेखु लाग्यो तर अहँ केहि सकिन। दाई हजुर गाह्रो नमान्ने भय एउटा आग्रह गरु भन्यो। मैले उत्तर दिन नपाउदैे, हजुरले मेरो र कान्छुको प्रेम कहानी लेख्दिनु पर्यो, मैसेज गर्यो। जवाफमा, भाई तिमीले मलाई तेती कावेल सम्झियौ, तिमीलाई मुरी मुरी धन्यवाद तर मलाई यो काम सुम्पेर आफ्नो प्रेम कथा फिक्का नबनाउ भनि लेखी पठाय। होईन दाई हजुर सक्नु हुन्छ मलाई बिस्वास छ भनेर लेखी पठायो। मेरो हरेक नाइ को जवाफ मा उ यसरी रिप्लाई गर्थेयो की म नजवाफ भये। अनि अन्तयमा मलाई लेख्न राजी बनाएर छोड्यो तर मेरो मनमा भने पुरै डरले डेरा जमाई सकेको थियो, कसरी लेख्ने, के लेख्ने, तै पनि सुरुवात गरे उसलाई कुरा हरु सोध्दई गए उ जवाफ दिदै गयो यसरि, त्यो दिन मेरो कलेजमा पहिलो दिन थियो। १२ कक्षाको पढाई सकेर म राजधानी पसेको थिय ऊच्च शिक्षाको लागी। क्यालेन्डरले दशैं तिहार सक्काय पनि मेरो मनमा भने चाड बाडको रमझम सकियको थिएन। मलाई प्रष्टै याद छ दाई अशोज १४ गते, त्यो शितल मोसमा एउटा छड्के ब्याग भिरेर म मिनभवन छिरेको थिए। कलेजको पहिलो दिन, साथीहरू कोहि थिएनन, अलि एक्लो महसुस गर्दै अन्तिम बेन्चमा बसेको थिए। अरु विध्यार्थिहरु आउने क्रम जारी थियो। कसैलाई हेरेर मुस्काईदिन्थ्य, कोहि भने आफ्नो परिचय दिदै हात मिलाउन आउथे। कहिले घर नछोडेको मान्छे म, कता कता एक्लोपनले सताईरहेको थियो। तै पनि सम्हालिय आखिर पढ्नु जो थियो मलाई। पहिलो दिन कलेजमा परिचय कार्यक्रम मात्रै भयो। दोस्रो दिनबाट बल्ल पढाईले बिस्तारै रफ्तार लियो। मेरो दिन चर्या विहान कलेज, दिउसो छतमा बसेर पढ्नेमै सिमीत भयो। दिनहरु वित्दै गए, साथीहरू बन्दै गए र तिन, चार जानासँग अलि नजिकिय। कहिले पढाई र कहिले घुमघाममै मेरो पहिलो सेमेस्टर सकियो। म यसै पनि  केटीहरुसँग कम बोल्ने भयकोले केटी साथी खासै बनेका थियनन। तर जब म उसलाई सधै देख्थे खोई मन एउटा आन्नदको आभास हुन्थ्यो। आशिषले भन्दै गयो हो दाई नबोले पनि उसलाई देख्ना साथ मलाई रमाईलो अनुभुती हुन्थ्यो अनि बाच्नु अर्थपुर्ण लाग्थ्यो तर मनको कुरा उसका सामु पोख्न सकिन। तेती बेल सचांर भनौ या प्रविधी यती सरल पनि थिएन। म प्राय मिग चलाउथ्य तर उ खासै प्रयोग नगर्दि रहिछ, त्यसैले सम्पर्क गर्ने बाटो हुदैन थियो। ऊ सँग धेरै नबोल्ने भएकोले मोबाईल नम्बर माग्ने आटँ पनि मैले जुटाउन सकिन। समयहरू बित्दै गय, हामी अलि नजिकियौ कहिले नोटको बाहानामा त कहिले शिक्षकहरुले दिने असाईन्मेन्टका नाममा। हाम्रो पढाईका सिलसिलामा ग्रुप वर्क धेरै हुने भयकोले शिक्षकहरूले ५-५ जनाको ग्रुप बानाईदिनु भएको थियो, हो त्यहि ग्रुप नै हामी नजीकीने खास बहाना बनेको थियो। खोई मेरो भाग्य भनु की संयोग हामि दुबै एकै ग्रुपमा थियौ। ग्रुप डिस्कशन ले गर्दा नै मलाई उ संग बोल्ने आट आएको थियो र एहि बाहानामा हामि धेरै नजिकियौ। सायद त्यो सेकंड सेमेस्टर को बीच तिर थियो, एऊटा कुनै कंपनीमा गएर सर्वे गर्नु पर्ने भयो। हाम्रो ग्रुपले कमलदीमा भएको यूनिलीभरलाई छानेको थियो। भरखर काठमाडौ छिरेका केटाहरू पढाई भन्दा बढि घुमघाममै ध्यान दिन्थ्य त्यसैले कोही फिल्ड जान मानेनन बरू उल्टै मैलाई फाकाई असाइनमेंट सक्याउन प्रेरित गरे, मैले पनि सायद दृष्टी त जाली सोचेर केटाहरूको प्रस्ताव सहजै स्वीकारे। अनि सबै कुरा दृष्टीलाई भने उसले पनी कुनै आनाकानी बिना हामी दुई जाना मात्रै जाउला भनेर उत्तर दिई। उसको यो सहज स्वीकार नै मेरो लागी हिम्मत बनेको थियो र हामी आउने मंगलबार जाने निधो गरयौ। मेरो व्यग्रह प्रतिक्षाको दिन, मंगलबार आईपुग्यो, हामीले पुरानो बानेश्वरमा ठिक ११ बजे भट्ने निर्णय गरेका थियौ। बिहानै नुहाय, भएको अत्तर छरकेर खाना खाई उरि तयार भय। दाई तेती बेला मेरो मन दशैंमा उड्ने चंगा भन्दा कम उडेको थियन। दशैमा बाबु-आमाले नया लुगा किन्दिदा भन्दा बढि म रमाएको थियो। खासममा त दाई मलाई कलेजको असाइनमेंट भन्दापनी दृष्टीलाई भेट्नु थियो अनि मनका कुरा खोल्नु थियो। समयले मैलाई मौका पनी उस्तै मिलएको थियो। जब बानेश्वरको जेब्रा क्रासिंग काटेर म संबिधान सभा हल पुगेको थिय, एकछिन टेम्पो कुरेको पनि थिए तर काठमाडौको यातायात कहा सजिलो थियो र। कुनै पनी टेम्पो खाली नभएसी म हिडेरै जाने निधो गरे। म हिड्दै गरे, रामेश्वर मिठाई पसल, व्हाइट हाउस कॉलेज, रत्नराज्य स्कूल हुदै म भेनस हॉस्पिटल पुग्दा सम्म मनमा अनेक तरंग आइरहेका थिए। बाटोमा देखिने हरेक जोड़ीहरुलाई हर्दै म पनी कुनै दिन मेरी दृष्टीसंग यसरि नै हिड्नेछु भन्दै सोची रहे। कल्पनामा यति सम्म डुवेछु कि अर्को दिशाबाट आएको मानिससंग ठोकिन पुगे। त्यो मान्छेले "आखाँ छैन क्याओ" भन्दै गयो। मैले सरि भनेर आफ्नो बाटो लागे, उस्को गालीको रिसलाई मेरो कल्पनाको संसारले जितेको थियो। म आगाडि बडे, अलि पर एपेक्स कलेज आईपुग्यो, बाटोमा अरू थुप्रै पसलहरू थिय, सबै त अहिले विर्सि पनि सके। तेतीका बाटो हिड्दा सम्म मलाई समयको ख्या नै भयनछ। पुरानो बानेश्वर आउनै लाग्दको मोडनिर जादाँ घडि हेरे, घडि त मेरो कल्पना भन्दा धेरै पर पुगिसकेको रहेछ, चोक पुग्दा म पुरै १० मिनेट ढिला भयको थिय। दृष्टी अगिनै आईपुगेकी रहिछे। उ नजिकै पुगे र हाई ले सम्वोधन गरे उसले जवाफमा "केटी मान्छेलाई कुराउछन् पागल" भनि। मैले सरि, टेम्पो खालीनै पाईन, हिडेरै आउदा ढिला भयो भने। उसले ठिकै छ ल हिड जाउ भनि अनि उहि सानो निलो माईक्रो चढ्यौ र लाग्यो गन्तवय तर्फ। त्यो उसले लागायको निलो कुर्ता अनि छोडेको कपालमा कुनै मोडल भन्दा कम देखिएकी थिईन। तर मलाई त उसलाई मोडल भन्दा पनि मेरो जिवन सिंगार्ने मनकि रानी बनाउनु थियो। अघि भेट्दा उसले सम्वोधन गरेको "पागल" शब्दले मलाई प्रेरणा दियको थियो। माईक्रोमा भिड अति नै थियो, म सम्हालिदै बसे। मैतिदेवीको पुलिस बिट हुदै माईक्रो पुतलिसडक पुग्यो, त्याबाट दाहिने मोडेर घन्टाघर तर्फ गुड्यो। हामीहरु आपसमा युनीलिभर पुगेपछि कस्लाई भट्ने भन्दै कुरा गरिरह्यौ। यतिकैमा कमलादिको गणेशथान आईपुग्यो अनि मैले आखाँ चिम्लेर भगवान सामु उसैलाई मागे। उसले देखिछ क्यार "खुबै धार्मिक रहीछौ त" भनेर भनि। मैले होईन यतिकै भगवानको दर्शन गरेको भनेर टार्न खोज्दै थिय उसले अनी दर्शन नि अजकाल आखाँ चिम्म गरेर गर्छन भनेर ब्यङ गरिहाली, मैले कुरा लुकाउन सकिन, मुखबाट मनोकामना पुरा होस भनेर मागेको भनेर निस्कि हाल्यो। अब त उसले अरु प्रश्न गर्दिन सोचेको थिए तर उसले फेरी प्रश्नको झटारो हानि भनन के माग्यौ। भन्न त मलाई तिमीलाई नै मागेको छु भन्ने मन थियो, धन्न यो चाहिँ मनमै अडियो र परिक्षामा राम्रो अँक आवोस भनेर मागे भनि टारे। कुरै कुरमा अल्झिदा हामी त्रिचन्द्र कलेज पुगेछौ। हतार हतार माईक्रो रोक्न लागायर हामी ओर्लियौ। उसले गिजाउदै भनि "के हो केटिसगं हिडेपछि और्लिने ठाऊँ नै याद गर्न छाड्यौ"? लाग्न त मलाई त्यो यात्रा कहिले नटुटोस भन्ने भएको थियो। लागिरहेको थियो कि ऊ यसै गरि जिवनभर म सँगै बसोस अनि मलाई मायाले बिहान बिहान बेडमा चिया ल्याएर बुडो उठिस्यो बिहान भैसक्यो भनोस। एक मनले धत् ऊल्लु सोच्न पनि के के सोच्छस् भन्यो तर अर्को मनले भने नसोची केही पुरा हुन्न, सपना देख्न नछोड भन्यो। हामी आएकै बाटो फर्कियर अहिले हिमालयन बैकंको हेड अफिस भयको बाटो हुदै पुग्यौ हेरिटेज प्लाजा, युनिलिभरको अफिसमा। त्याँ पुगरे गेटमै बस्नु भयको दाईलाई हामि आउनुको उद्देश्य बतायौ र उहाँले हामीलाई एक जाना सरकहाँ पुर्यायीदिनु भयो। दुवैले नमस्कार गरेपछि केही बेरको कुराकानी पछि हामीले तयार पारेका प्रश्नहरू सोध्यौ र धन्यवाद टकर्याउदै विदा भयौ। घडिले साढे एक बजाईसकेको थियो। बाहिर निस्केर मैले दृष्टीलाई अब घरै त जाने होला नि होईन भनेर सोधे। मनमनै त लागिराथ्यो कि उसले हुन्छ नभनोस किनभने मलाई उसको त्यो साथ आनन्द लागेको थियो। मलाई जिवनमा पहिलो चोटि त्यस्तो अनुभव भएको थियो। लागिरहेको थियो मनभरिका सारा कुरा त्यहि भनु अनि उसलाई सदाका लागि अफ्नो बनाऊ, तर यो डरले भरियको मन खुल्नै सक्दैनथ्यो। साच्चै भन्नु पर्दा मलाई छुट्टिनु नै मन थियन। खोई उसले मेरो मनको कुरा सुनी वा उसलाई पनि मलाई जस्तै भएको थियो वा साच्चै उसलाई काम थियो, उसले मख्खन गल्लि जाऊँ न भनि। मैले भित्र भित्र ठुलै युद्द जिते जस्तो महसुस गरेको थिय। हामी हिडेरै त्रिचन्द्र कलेज पुग्यौ, अनि प्रहरी हेडक्वाटर हुदै जमलको पुल चढ्यौ र लाग्यौ मख्खन गल्लि तिर। यति भन्दा भन्दै आशिषको म्यासेन्जरले "एक्टिभ यगो १५ मिनेट" देखायो। घडिले ११ बजाउने तरखर गर्दै थियो, एकछिन उसलाई कुरे तर फेरी उ अनलाईन आएन अनि म पनि सुत्ने तरखर गरे र उसालाई सरप्राइज दिन उसको अनुमति बिना पोष्ट गरिदिय। #क्रमश:
#केशब_ज्ञवाली

Tuesday, May 2, 2017

लुम्विनी डायरिज

‌लुम्विनी_डायरिज
बिदाको दिन आंखा पनि आफै खुल्दो रहिछ। ६ बजे नै उठे, फ्रेश भए, नहु पनि किन आज मलाई मेरी सानू भेट्नु आउदै थी। उ मायादेवी पुगिसकेकि रहिछे, रिसाएको लवजमा फोन गर्दै भनि "टाईममा कहिले नपुग्ने है"। उसको यति वाक्य पछि फोन कट्यो, सायद उसैले काटि होली। म पनि हतार हतार कोठाबाट निस्के, भरखर बैनिले किन्देको रेबनको चस्मा, खैरो टिसर्ट र ब्लु जिन्समा। बाहिर पानी सिमसिम परिरहेको थियो, चिसोले मलाई छिटै असर गर्ने भय पनि छाता बोकिन यसकारण कि मलाई पानीमा भिज्न आन्नद आउथ्यो। लगभग एक मिनेट जतिमा गेट नँ ५ मा पुगेँ। बाटोमा धेरै जोडीहरु खुसी देखिन्थ्य। तर तिनै जोडी र तमाम मान्छेहरुका बिचमा मैले बच्चा बेला स्कुलबाट पिकनिक आउदा देखेको शरिर भन्दा खुट्टा ठुलो भयको उहि मान्छे विह्ल चियरमा सहयोगकालागि याचना गरिरहेको थियो। यस्ता कुराले कहिले नपग्लिने मेरो मन खोई आज कुन बतासले छोयो, खल्तिबाट बिस रुपैया निकालेर दिए। मनमनै सोचे म सोनोमा आउदाको लुम्विनी र ठुलोमा आऊदा सम्म यस्ले थुप्रै अनुहार फेरेछ, यहाका मान्छेहरु मान्छे बाट साहु भयछन् तर अहँ त्यो माग्ने दाईमा केहि परिवर्तन देखिन। सायद भगवानेले पनि गरिव र आसहायलाई नै हेप्दो रहेछन्। फेरी मेरो फोन बज्यो, सानुको थियो, उठाउन नपाउदै "म फर्किए" भन्दै फोन राखी। फर्किन त कहा सक्थि र माया गर्ने पाकि छ अनि घुर्कि लगाउछे मोरी, मनमनै सोचे। म हतार हतार मायादेवी मन्दिर पुगे, राजेश हमालले फिल्ममा धुलो उडाए सरिको बाटोमा आजकाल राता टायल(सायद) बिछ्याईछन् अनि जुत्ता चप्पल् राख्ने ठाऊ व्यवस्थित भएछ। जुत्ता खोल्दा खोल्दै सानूलाई देखे, मेरो एक आखरको सानुमै उसले मलाई देखी अनि नाक खुम्च्याउदै रिसाएको जस्तै गरि मतिर आई। किन रिसाएकि म आए त भनि नसक्दा उसले जहिले यस्तै गर्ने भन्दै मलाई प्याट पिटी अनि छाता ओड्नु पर्दैन भन्दै गाली गरि। यतिकैमा उस्को रिस सकिसकेको थियो, म जो उस्को अगाडी थिए। हामी मन्दिर जान अघि बड्यौ, प्रवेश द्वारमा नाम र ठेगाना लेखे अनि मायादेवी मन्दिर परिसर भित्र पस्यौ। पानि परेको भयर बिच्छ्यायको कार्पेट पुरै भिजेको थियो, त्यसैले हामी टायलमाथी बाट हिड्यौ। मरो मानसपटलमा भने पहिलेको लुम्विनी घुमिरहेको थियो र सानुलाई भने कति राम्रो भएछ है अहिले, उसले पनि "खोई मलाई के थाहा, तर यो भन्दा राम्रो त हजुर होइसिन्छ" भन्दै मतिर हेरि। मैले पनि मन्द मुस्कान दिए, आखिर आफ्नो तारिफ जो पाएको थिए। हामी भित्र पस्यौ, मुलद्वारमैै लेखिएको "कृपाय शान्त रहिदिनुहोला"ले मलाई कचतकुताई रह्यो। एक फन्को मारेपछि भगवान बुद्ध जन्मेको ठाउँ हेर्यौ अनि यत्र तत्र छरियका पैसा देखेर विकास कोष सम्झिय र त्यहाका कर्मचारि। हामी पोखरी घुम्यौ, त्यहाका कछुवा हर्यौ, त्यो बुढो रूख अझै पनि तन्नेरि नै देखिन्थ्यो। मलाई याद छ सानोमा तेहि रुखको विचबाट सास नफेरी छिर्यौ भने मनोकामना पुरा हुने आशमा गरेको त्यो बालापन, तर अहिले बन्द गरिएको रहेछ अनि आशोका पिल्लर हेरेर बाहिर निस्कनै लाग्दा उसले मालाई तानेर एउटा सेल्फि लिउ न भनि अनि आफ्नो ओठ चुच्चो पार्दै हजुर भन्दा म राम्रो भन्दै जिस्काई, मैले पनि भय भरको कृम दलेसी हन्नत भन्दै मुस्काईदिए। उ मेरो हात समाउदै हिडीरहेकी थिई अनि गफिदै थिई जसरि हामी सदियौ पछि भेटिएका छो। जुत्ता लगाएर हामि शान्ति दिप तिर लाग्यौ, बाटै भरि "ए भैया, ए भैया, कुछ खाया नहि हे" भन्दै माग्नेको कमि थिएन। एउटाले त खुट्टै समायो १० रुपैया दिय पछि बल्ल छड्यो। मनमनै सोचे विदेशीहरु याहाको बारे के सोच्लान यो सब देखेर अनि सरापे विकास कोषलाई तर सतीको श्राप लागेको यो देशमा अरुको श्राप फिक्का हुदो रहेछ र मरो पनि व्यर्थै गयो सायद। यतिकैमा शान्ति दिप हर्दै सानुले हाम्रो मायापनि सधै यस्ते रहिरहोस है भनि, मैले पनि यो भन्दा अझ गाडा हुन्छ भन्दै स्टिमर चड्न थाल्यौ। जव जव स्टिमर कोल्टे परे जस्तो गर्थेयो उ मलाई जोडले समाउथि अनि मलाई उस्को म प्रतिको विश्वासको आभास हुन्थ्यो। अलि पर पुगे पछि उस्ले थुप्रै फोटाहरू खिची। स्टिमरबाट ओर्लिना साथ उसले केहि खुवाईस्यो न भोक लाग्यो भनि अनि हामी रेस्टुरेन्ट तिर लाग्यौ र अर्डर दिन थाल्यो। सोचे मायाले जिन्दगी अर्थपुर्ण हुदो रहेछ चाहे त्यो आमा-बाबाको होस चाहे दाजु,भाई,दिदी,बहिनीको वा चाहे सानुकै जस्तो। बाटो भरिका ति मान्छे सम्झिय, सुकिला-मुकिला, झुत्रे-झाम्रा सबै कसै न कसैको मायाको लागि बाचिँ रहेका थिए र त संसार सबैका लागि रमाईलो छ। चिसो मौसमलाई सूर्यले धाबा बोल्दै थियो सानुले पानी मलाई घर छिटो जानू पर्छ अरु ठाउ पनि घुमाईस्यो भन्दै रेटुरेन्टबाट निस्कन आग्रह गरि म पनि बिल तिरेर उसलाई घुमाउन तर्फ लागे, उ पहिलो चोटी जो आएकी थिई। उसलाई पुरै घुमाई दियर गाड़ी चडाईदिय, मुख निन्याउरो पार्दै सिटमा बसि। गाडिको आकृति धमिलो हुदै गयो तर सानुका बाई-बाई गरेका हातहरु प्रस्टै थिय। सायद माया यही हो।
#लुम्विनी_डायरिज
#केशब_ज्ञवाली