Tuesday, December 12, 2023

मिलन

भित्तेपात्रोमा माघ महिनाको पाना पल्टीसकेको थियो। मौसम चिसो भएपनि आज बिहानदेखीनै घामका किरणहरु बादललाई छल्दै सहरलाई घमाइलो बनाइरहेको थियो। न्यानो ज्याकेट लगाएर, म आफ्नो गन्तब्य तिर लागे। अफिस र स्कूलको समय भएकोले सडक भीडभाड नै थियो। यसैपनि विगत २/४ वर्षदेखी बुटवलका बाटोहरुले चैनको सास फेर्न पाएका छैनन्। चौपारीलाई देब्रे पार्दै घुमेर म तीनकुने तर्फ बढिरहे। बाटो अहिलेको जस्तो फराकिलो थिएन। शिव मन्दिरको पुल पनि पुरानो अनी सानो नै थियो, खोला सफा थियो। म अगाडि बढिरहे, दिन घमाइलो भएपनि चिसो हावाले जाकेटभित्र छिर्नकालागि गरी रहेको संघर्ष स्पष्ट महसुस भइरहेको थियो। तीनकुने चोक हुँदै मिलनचोक पुगिसक्दा, मिलनचोकको बडेमानको रुखले दिएको सितल अनुभवलाई त्यो बाटो भएर हिँडेको हर कोहीलाई आज पनि मानस पाटालमा ताजै हुनपर्छ। अहिलेको फराकिलो बाटोले विकास त भएको छ, केही हद सम्म भएपनि भिडभाड सम्हालेको छ, तर त्यो रुखमुनि बसेर थकित मनलाई दिएको सितलता, प्रेमील कहानीहरुलाई पूर्णता दिएको कुरा अब सुन्न भने पाइने थिएन। यसैपनि केही पाउनको लागि केही गुमाउनुनै पर्ने हुन्छ भन्ने कुराको आभास हुन्थ्यो त्यहाँ पुग्दा। अगाडि बढ्दै म नयाँ बसपार्क हुदै भुड्की चौक पुगेर दाहिने मोडिदै थिए, बतास जस्तै हुत्तिएर आएको गाडीले झण्डै छोएन। एक्छिन रोकिएर म सीधा बैंकमा पुगे। खासमा मलाई आफ्नो इन्स्योरेन्सको प्रिमियम बुझाउनु पर्ने थियो। प्रविधिले फड्को मारिसकेको भएपनि सबैकुरामा पहुंच पुगेको भने थिएन। पैसा बुझाइ सकेर भौचर लिँदै गर्दा मेरो नजर एउटा अनुहारमा पर्यो, जुन बादलको दिनमा घामजस्तै थियो, आँखा अनमोल रत्नजस्तै चम्किरहेका थिए, र उनको मुस्कान यति रमाइलो थियो कि यसले मलाई एक्छिन गम खाएर मुस्कुराउन बाध्य तुल्यायो। जब उनी मुस्कुराएकी थिइन्, सारा संसार उज्यालो झैँ भयो । त्यो कामको व्यस्तामा , उनी वास्तवमै विशेष व्यक्तिको रूपमा उभिइन्। एक्छिन टक्क अडिए, अनि आवाज आयो सर हजुरको भौचर लिनुहोस है। ओहो, अगिको उज्यालो मुहारको आवाज पनि सरल र मिठासले भरिपूर्ण रहेछ भन्दै म आफ्नो भौचर लिएर घर तर्फ लागे। बाटो उही, परिवेश उही, चिसो उही अनि घामको घमाइलो पनि उही तर पनि मनमा नयाँ उमङ्ग आए जस्तो आभास भएको थिए। घर पुगी खाना खाई सकेर एक्छिन विश्राम गरे। आज अफिस पनी बिदा लिएकोले खासै अरु केही विशेष काम थिएन। एक्छिन पछि साथीहरूलाई सम्पर्क गरी कतै भेट्ने निधो गरे। हामी ३:३० तिर तल्लो सिद्धबाबा मन्दिरमा भेट्ने भनेर कुरो सक्यौ। घडीमा भर्खर १ बज्दै थियो। घरमा एक्लै भएकोले साढे दुई घण्टाको समय बिताउनु पट्यार लाग्दो हुने नै भयो। समय बेतित गर्नको लागि टीभी अन गरेर सोफा मा बसेर सोनी म्याक्स च्यानल लगाए। कुनै साउथ फ्लिम चलिरहेको थियो। कोठाको सबै पर्दाहरु बन्द गरे अनि ढोका पनि, लगभग बाहिरको उज्यालो छिर्ने सबै चिजहरु सम्भव भएसम्म बन्द गरे अनि वोफरमा बास बढाउँदै फ्लिम हेरेर बसिरहे। एक्छिन पछि साथीको कल आएपछि म समय भन्दा पहिलानै तल्लो सिद्धबाबा पुगे र केही समयमा सबै साथी हरु आइसकेसी हामी केही बेर गफियौ र छुट्टियौं। आजको दिन यसै बितिसकेको थियो। साँझ खाना बनाई, खाई उरी, भाडा सफा गरेर विस्तारमा पल्टेर मोबाइल चलाइरहेको म कति बेला निदायेछु पत्तै भएन। बिहानको ८ बजी सकेको रहेछ, आज अलि ढिलो उठिएछ। हतार हतार फ्रेश भएर अफिसको लागि रेडी भएर निस्के। त्यस दिन अफिसमा खासै कामको चाप थिएन। दिन राम्रै बित्यो। साँझ घर आउने क्रममा कलिकानगर चोकमा फेरि हिजोको अनुहारलाई देखे, ऊनी बाटो काटेर सबवेमा जाँदै थिइन्। हाइवे छोडेर, सबवे लागे पछि पक्कै पनि यिनको बसाई बुटवल आस पासनै होला भन्ने आकलन भयो। उनी आफ्नो बाटो लागिन् । मनमा उनी सँग बोलौ भन्ने त लागेको थियो तर सीधै बाटोमा पहिला कहीं नबोलेको, अज भनौं नचिनेको मान्छेलाई रोक्नु सोभाभिक नहुने भएकोले म आफ्नो घर तर्फ लागे। दिनहरू यस बित्दै थिए। मलाई भने उसको अनुहार दिमागमा घरी घरी ना चे जस्तो भान भइरहेको थियो। बेला बेलामा सम्झना आइरहने। केही दिन पछि अफिस बाट सीधै म ट्राफिक चोकको लस्सी सेन्टर मा पुगे। यसै पनि लस्सी खाना नगको धेरै भएको र साथीहरू पनि भेट्न हुन्छ भनेर म त्यहाँ पुगेको थिएँ। हामी लस्सी खादै गर्दा उही अनुहार मैले अर्को कुनपट्टी देखे। रातो टिसर्ट र फुस्रो नीलो जिन्समा आज पनि उनी बिछट्टै राम्री देखिएकी थिइन्। आज भने मैले उनी सँग बोल्ने निर्यन मन मनै गरेको थिए। म यस्तै सोचमा मस्त हुँदा साथी हरुबाट हरायेछु, एकजनाले थाहा पाएछ अनी "के हो हम्..... " भन्दै जिस्कायो। मैले केही पनि हैन भन्दै टारीदिए। हाम्रो त्यस ठाउँको बसाई सकेर म पैसा बुझाउन लागि लस्सी पसल अगाडि पुग्दा उनी पनि उही पुगेकी रहिछिन। मैले उनी सँग बोल्ने बहाना खोज्दै गर्दा उनी आफैले "हाई" भनिन्। मलाई भने ढुङ्गा खोज्दा देउता मिलेको आभास भइरहेको थियो। फेरि उनैले, "हजुरको प्रिमियम त्यो दिन सिस्टम गडबडीले गर्दा तेस्रो दिन मात्रै गएको थियो, केहि समस्या त भयन नी है"भनिन्। उनेल त्यति भनी सक्दा मलाई बल्ल मोबाइलमा प्रिमियम बुझाएको मेसेज किन नआएको रहेछ भन्ने कुराको ज्ञान भयो। मैले "छैन केही समस्या भएन" भनेर जवाफ दिए। म भने मन मनै, उनीलाई पनि त्यतिका भीडमा मा सँगको केही समयको एकोहोरो संवाद याद रहेको कुराले गद गद बनाइरहेको थियो। पछि म आफैले, "तिमी यतै बस्छौ हो" भनेर सोधी हाले र उनीले पनि सहजै उत्तर मा "हजुर म कलीकानगरमा बस्छु" भनिन्। त्यसपछि खासै बोल्ने कुरा नै भएन अनी उनीले "म जान्छु है" भन्दै रिक्सा रोकाउन लागिन्। म छोडदिन्छु हिड जाऊ भन्दा अलि गाह्रो माने जस्तो लागेर मैले जबर्जस्ती गरिन। अनि हामी आफ्नो आफ्नो बाटो तर्फ लाग्यौ। उनी सँग बोल्नु त धेरै मन थियो, सबै कुरो बुझ्न मन थियो तर पहिलो भेटमै सबै कुरा गर्नु उचित नलागेर त्यतिकै छुट्टिए। उनलाई पनि म याद रहेकोले मेरो मनमा अनेक कुराहरु खेल्न थालेको थियो। मैले मन मनै उनीलाई मनकी रानी बनाएको थिए। अब चाहिँ साँच्चै नै उनको अनुहार मेरो अगाडि न नाचिरहेको थियौ। उनको मृदु भाषी स्वर मेरो कानमा गुन्जी रहेको थियो। लागि रहेको थिए कि मैले संसार प्राप्त गरिसकेको थिएँ। केही समय पछि यती धेरै भावनामा बग्नु उचित नहुने ठानेर मैले आफैलाई सम्हाले। यसै पनि अफिसले गर्दा खासै फुर्सद नमिल्ने, हुने बिदाहरुमा पनि अनेक आफ्नै कामले गर्दा फुर्सदिलो भने भैदैनथियो। समयले आफ्नो दिन हरु बिताउँदै थियो, मौसम झन् चिसो हुदै गएको थियो। फेरि तराईको चिसो, हुस्सु, कुहिरोले कहिले त ४/५ दिन सम्म पनि घाम देख्न पाइँदैनथ्यो। आज एक्लै म फेरि उही ट्राफिकचोकको लस्सी स्टपमा पुगेको थिएँ। हुन पनि त्यो ठाउँको लस्सी र कफी नेपाल भरी मै प्रख्यात थियो। नेपालका राष्ट्रिय पत्रिकाले सम्म स्थान दिएको ठाउँ थियो। ठिक्क साँझ बाट सुरु हुने सो लस्सी र कफी सप हरु राति ११/१२ बजे सम्म चल्ने गर्थे। म सधैं जसो जाने ठाउँमा गएर कफी ल्याइदिनु है भनेर पर पेटीमा बसे। मौसम चिसो नै भएकोले पेटीमा सानो पी फोमको टुक्रा राखेर बस्दै गर्दा कुकरमा कफीले सिठी लगाउँदै थियो। सिठीबाट निस्केको बाफमा आज फेरि उसैको दर्शन पाइयो। आज उनी आफ्नो साथी सँगै थिइन्। उनी पनि कफी मागाउँदै म तिर आई बसिन्। "ओहो सञ्चै हुनुहुन्छ" भन्दै उनैले कुराको सुरुवात गरेकोले मलाई उनी सँग बोल्नु सजिलो भयो। उनको साथी पनि मिजसिली रहिछिन। दुब्ली, सर्लक्क परेको कपाल अनी वेस्टर्न अटाएरमा सजिएकी उनी आफ्नी साथी भन्दा कम भने थिनन्। यत्तिकैमा हाम्रो सामु कफी आइसकेको थियो। त्यो चिसो मौसममा तातो कफीको चुस्कीले शरीरलाई एक किसिमको न्यानो पन दिएको थियो। हामी कफी खादै गर्दा, एक अर्का बारे बुझ्ने जमर्को गरी नै रह्यौ। खास गरी उनको नाम, बसाई, पेसा र अन्य धेरै कुराहरूको एक अर्कामा साट साट गर्दै थियौ, यत्तिकैमा कफी सकी सकेको पत्तै भएन। साँझ परिसकेकोले हामी छुट्टिने क्रममा उनी आज पनि रिक्सा रोक्न खोज्दै थिइन्। आज भने उनकी साथीले "उसैसँगै बाइकमा जा न, बाटो एउटै रहीछ" भन्दै कर गरेपछि उनले नकार्न सकिनन्। मैले मन मनै उनकी साथीलाई धन्यवाद दिँदै, फेरि भेटौला है भनेर छुटिए। उनले पनि जवाफमा "अब त भेट भैहाल्छ नि" भन्दै आफ्नो बाटो लागिन्। साँझको समय भएकोले चिसो बढी सकेको थियो। म भने सधा जसो एउटै रफ्तारमा बाइक कुदाउँदै पुस्पलाल पार्क पुग्दै गर्दा उनले "अलि बिस्तारै चिसो भयो" भन्दै धाप मारीन। कुराकानीमा संलग्न हुँदै हस्पिटल लाईन, नयाँ बस पार्क, मिलनचोक, चौराहा, कालिका चोक पुग्यौं। हामी व्यस्त सडकमा गुडि रह्यौ, किस्साहरू आदानप्रदान गर्दै र हाँसोहरु साझा गर्दै। कालिका चोक पुग्दै गर्दा "मलाई यही छोडदिनु है मा हिँडेर जान्छु" भनिन्। तर मैले उनको कुरोलाई अटेरी गर्दै उनलाई उनकै घर सम्म पुर्याइदिए। फर्किने क्रममा फोन नम्बर साट साट गरी त्यस दिनको लागि छुट्टियौं। उनको मन भित्रको सोच थाहा नभएपनि मैले भने धेरै कुरा सोच सकेको थिए। म ऊनी सँग त्यो पल छुट्टिए पनि त्यो क्षण हाम्रो मिलन र नयाँ जीवनको सुरुवात काे क्षण बनाउने कुरामा विश्वस्त थिए। अनेक सपनाहरु बुन्दै म घर पुगेर फटाफट चाउचाउ बनाई खाएर सुते। कार्यालय जीवनको भीडभाडको बीचमा, उनको सम्झनाहरुले मेरो दिनहरूलाई ऊर्जामा परिणत गर्‍यो, मेरो दिनचर्यालाई जादूको स्पर्शले भरिदियो। हाम्रो भेटघाटको लगभग एक हप्ता पछि, मैले फेसबुकमा मित्रताको अनुरोध गर्दै उनको नम्बरमा मित्रता स्वीकार गर्न सन्देश पठाए। लगभग एक घण्टा पछि, उनले स्वीकार गरिन्। एक साधारण हाई हेल्लोकाे साथ, हाम्रो कुराकानी सुरु भयो। त्यसपछि हामी दिनहुँ गफिन थाल्यौ एक अर्कालाई बुझ्ने कोसिस गर्दै। जति दिनहरू बित्दै गए, हाम्रा कुराकानीहरू अफिसका किस्साहरू, खाना, संगीतको बारे हुदै गए। चुपचाप हामीले सोचेको भन्दा मित्रतालाई एक कदम अगाडि बुन्दै। प्रत्येक बित्दै गएको दिनसँगै, हाम्रो सम्बन्ध गहिरो हुँदै गयो, अनजानबाट हामीलाई नजिक लैजाँदै। बोलचाल बिनाको एक दिन पनि कल्पना गर्न नसकिने अवस्थामा पुगेको हामी आफैलाई पत्तो भएको थिएन। पन्ध्र-बीस दिनको क्षणिक अवधिमा, हामी बीच घनिष्ठता बढ्यो। हाम्रो कुराकानीको बीचमा, मैले आगामी शनिबार बानबाटिकामा भेट्न प्रस्ताव राखे। सुरुमा, उनले प्रस्ताव अस्वीकार गरिन्। तर, केही क्षण पछि उनको सन्देश आयो, "छोटो समायकोलगी भेटौला नी त है"। उनको निर्णयको अचानक परिवर्तनले मलाई छोयो। कौतुहलता, उनको प्रारम्भिक अनिच्छा के हुन सक्छ भनेर सोच्दै। तर मैले उसको अनिच्छाबारे जान्नै कोसिस गरिन्।

Thursday, December 29, 2022

ड्रिम्स

जीवन सधैं उस्तै नहुदो रहिछ। हिजो चालेका ति पाइलाहरु आज सगै चाल्न पाएको भए साँच्चै जिवनमा कती उल्लाहास आउथियो होला जस्तो सोचेर कहिले कही पुरै रातहरु सोच्मन्य भएर बितेको बिहानिको सुनौलो घाम को किराणाले थाहा दिदा मन नै खिन्न भएर आउछ । तर अखिर के नै गर्न सकिदो रहिछ र, ति पल सम्जिनु बाहेक । तर जिवन सधै निराश मा सक्नपनी नहुने, अनि खुशी हुने धेरै बाहानाहरु खोज्दा खोज्दै कहिले कहाँ रुमलियो कहिले कहाँ, कहिले अचम्म मान्यो, कहिले निराश्, अनि कहिले उर्जवानपनी । समय सगै यादहरुपनी धमिलिदै जादो रहिछ ।अनी कहिले कही एकान्त पाउदा ति धमिलिन खोजेका याद हरुलाई खोल्तछु । अनि सबै याद्का टुक्राहरु जोड्दै अफैमा रमाउछु र सधै भित्र भित्र रोईरहेको मनलाई धित मरुन्जेल आखाँ बाट छताछुल्ल हुन दिन्छु । एकछिन त मन हल्का भए जस्तै भान हुन्छ तर त्यो र केवल एउटा भ्रम थियो । समय धेरै बिती सकेको भए पनि त्यो अनामनगर हुँदै रामशाह पथ को बाटो, बानेश्वोर रामेश्वोर मिठाई पसलकाे दाहिने बाट भित्र गएको त्यो घुमौरो गल्लि, दक्षिणकाली को उकालो, भक्त्पुर को साङा, याद सबै छन तर अधुरा । हुन त बितेक ति पल अब फर्किन्नन बस ति यादहरु नमेटिउन । यस्तै यस्तै याद हरु खोतल्दै जाँदा बाटोमा अनेक मान्छेहरू ठोकिन्छन्, कोई हाँस्छन्, कोई ठुस्किन्छन् त कोई रिसाउँछन्। तैपनि सबलाई हाँसेरै टार्छु। कोसिस गर्छु मेरो कारण उसको दिन नबिग्रियोस्, मेरो कारण उसको अरु प्रतिको स्वभाव परिवर्तन नहोस्। यस्तै गर्दा गर्दै जिन्दगीका आधा हरफहरू सकिन थाले। खुसी हुने कारणहरु अनेक खोज्छु। सधैं अरूलाई खुसी बनाउने प्रयत्न गर्दा गर्दै आफू खुसी हुने दिन सम्झिन मन लाग्छ, एक्छिन घोतलिन्छु, सोच्छु। जति नै गम खाए पनि आफू खुसी भएको दिन निरक्योल गर्न नसकेको देख्दा आखिर जिन्दगीकाे बोझ लागेर कतै भारी बिसाउने ठाउँ पाए पनि हलुका हुन्थ्यो कि जस्तो लागेर आउँछ। जिन्दगीका धारहरु परिवर्तन हुँदै जाने रहेछन। ओहो आज त मिटिङमापो जानु छ, झस्स सम्झिन्छु, हतार हतार नारायणघाट देखि जनकपुर जान हिँडेको गाडी रोक्न पुग्छु अनि सौराहा चोक सम्म लगिदिन आग्रह गर्दै यात्रा सुरु गर्छु। करिब करिब १३ किलोमीटर काे यात्रा पछि ओर्लिएर जादै गर्दा गाडीको सहचालकले बोलाएको देख्दा अच्चम मान्दै के भयो दाई भन्दै सोध्न मात्रै लागेको के थिए "भाडा दिन पर्दैन भन्दै झरकियो"। कति हुस्सु म, कल्पनामा रमाउँदा रमाउँदै भाडा नदी ओर्लिए छु। मुसुक्क हाँस्दै ५० रुपियाँ दिएर नरिसाउनु है हजुर भनेर म फेरि टेम्पो खोज्न तिर लागे। येसो घडी हेरेको त १० बज्न २० मिनेट मात्रै बाँकी रहिछ। धन्न हिँड्नै लागेको टेम्पो रहिछ समयमै मीटिंग अटेन्ड गर्न सक्छु भन्ने लाग्यो। अनि फेरि अगी जस्तै भाडा दिन भुलुला भनेर १०० रुपियाँ चढ्न साथ नै दिए। लगभग १५ मिनेट जातिमा देबौली, अमृतचोक, चित्रसरी पुल हुँदै मेरो मीटिंग तय भएको ठाउँ बछयौली आइपुगेछ। टेम्पो बाट ओर्लिए र आफ्नो गन्तव्य तिर हिँडिरहे। अचम्म लाग्यो, अहिले सम्म जान मन भएर पनि समय नमिलेको ठाउँ जनकपुर; भगवान राम सीताको बिहे भएको पावन स्थल; जानकी मन्दिर, अज सधैं पानीमा डूबिरहने महादेवको मूर्ति भएको ठाउँ, जलेश्वर मनमा घुमिरहे, कारण मात्र त्यो बस जसमा मात्रै १३ किलोमीटर यात्रा गरेको थिएँ। जिन्दगी पनि कस्तो है, कहा जाने मान्छे, कुनै पूर्व सूचना बिना आफ्नो रहर पूरा गर्न आए जस्तो टुपुक्क आइपुग्छ नत्र जनकपुरको साटो मलाई इटहरी, धरान, झापा, इलाम वा मेची सम्मै पुग्ने बस मिल्नु पर्ने नी तर अहँ मिलेन त्यो। त्यसैले कहिले काही आफूले सोच्यो भने मनै मनमा पनि घुम्न पाइन्छ भनेर स्वर्गवास हुनु भएका पूजनीय हजुरबुवा लाई सम्झिन्छु र आकाश तिर हेर्दै नमस्कार गर्छु। यो सब क्रियाकलाप सँगै हिँडेको बटुवाले नियाली रहँदा मलाई ट्वाल्ल हेर्दै मेरो बाटो काटेर गयो। मैले पनि उसलाई वास्ता नगरी अगी बढे। कोरोनाले पुरै व्यापार लगभग धरासायी नै बनिसके पछि बल्ल अलि अलि तंग्रिन लागेको हस्पिटालिटि सेक्टरमा म आवद्ध थिए। जीवन शैली सामान्य जस्तै फर्किन लागेको देख्दा खुसी लाग्थ्यो तर साथै सरकारले हामी लगानीकर्तालाई हेर्ने दृष्टकोणमा नल्याएको परिवर्तन देख्दा मन खिन्न पनि हुन्थ्यो। अवस्था सामान्य हुँदै गए पनी आन्तरिक र बाह्य पर्यटकहरुको आगमन खासै बढेको थिएन र यही बेला एकजना मेरा विदेशी मित्रले जुराइदिनु भएको त्यो मीटिंग मेरा लागि एकदम खास थियो। वहाँहरु १७ जनाको टोली बनाएर नेपालमा लगभग २० दिन जति छुट्टी मनाउन आउनु भएको रहिछ। ती मित्र, जो सँग मेरो पहिलो भेट मेरै होटल, होटल द ड्रिम्समा भएको थियो करिब ४ वर्ष अगी जति। आफू धेरै कल्पनामा हराउने भएकोले होटलको नाम पनि ड्रिम्स नै राखेको थिए मैले। त्यो दिन म मेरो एकदम मिल्ने साथी सँगै बसेर रेष्ट्रो लाउन्जमा व्हिस्की खादै गफिदै थियौ, अचानक एकजना अधबैँसे विदेशी सुक्क सुक्क गर्दै रोएको आवाजले हामी दुवै जनालाई तान्यो र म ऊ तर्फ लागे। सुरुमा उसको निजी जीवनमा घोच पेच दिनु उचित हुँदैन कि ठानेर अड्किए तर पछि सोचे, विचारा आफ्नो देशबाट हाम्रो देशमा पाहुना हुँदै गर्दा रुनै पर्ने गरी आइलागेको समस्याको मैले यकिन गर्नै पर्छ। नजिकै गएर मलिन आवाजमा " I'm sorry, Anything wrong" भनेर सोधे, उसले खाली "No, Thank you" भनेर जवाफ फर्कायो। उँ खास खुल्न नचाहे पछि मैले पनि धेरै खोजी निधि नगरी "Take Care, Have a good day" भन्दै निस्किए। साथी संग पुग्दै गर्दा, "के भएको रहिछ कुहिरेलाई" भनेर सोध्यो र मैले "खोइ केही भनेन" भनेर भनिदिए र यतिकैमा साथीको फोन आएर निस्कियो। साँझको समय थियो, प्रायः सधैं जसो होटलमा बारबेक्यू भै रहन्थ्यो। म एउटा ग्रुप सँगै बसिरहेको थिए। एकछिनपछि दिउँसो लाउन्ज मा भेटिएको विदेशी "Can I join you guys" भन्दै आयो र मैले पनि पाहुनालाई नाई भन्नु हुँदैन भनेर " Why not? For sure" भनेर उसलाई कुर्सी तानेर दिए।